गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’
बुटवलआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । अहिले उमेदवारहरु सहर र गाउँका मतदाता रिझाउन ब्यस्त छन् । यसैबीत नेकपा एमालेका उमेदवार तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्ट मतदातासँग 'सुन्दै सुनाउँदै' अभियान लिएर सहरका युवा तथा आम मतदातालाई भेटघाट गरिरहेका छन् ।
गाउँकै मतदाता भएपनि अध्ययन, रोजगारी र व्यापारका लागि रुपन्देहीको बुटवलमा बस्ने गुल्मेली धेरै छन् । मनोनयनपछि आफ्नो निर्वाचन क्षेत्रका गाउँगाउँमा पहिलो चरणको भेटघाट सकेर विष्ट विभिन्न सम्पर्क मञ्च मार्फत बुटवलका मतदाता भेटिरहेका छन् । सहरमा बसेपनी आम मतदाताले गाउँका समस्या बिष्टलाई राखेका छन् ।बिष्टले बुटवलमा गुल्मी धुर्कोट-रुपन्देही सम्पर्क समाज, इस्मा-रुपन्देही सम्पर्क समाज, मदाने-रुपन्देही सम्पर्क समाज, मालिका-रुपन्देही सम्पर्क समाज, मुसीकोट-रुपन्देही सम्पर्क ...







