निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने
चितवनयही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्यालो बनाउन यहाँको उद्योग सङ्घ, सिटिइभिटी तथा घरेलु कार्यालयसँग सहकार्य गरी दुई चरणमा व्यावसायिक तालिम उपलब्ध गराउने पहल गरिएको बताए ।उनका अनुसार एक वर्षमा एक हजार २०० जनालाई र अर्को वर्ष बाँकीलाई तालिम दिने व्यवस्था गरिनेछ । समिति गठन गरी त्यसैमार्फत इच्छुक निर्वाचन प्रहरीलाई निःशुल्क रूपमा तालिम उपलब्ध गराइने उनले जानकारी दिए ।
निर्वाचनका क्रममा उत्कृष्ट काम गरी निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा निर्वाचन प्रहरीलाई धन्यवाद व्यक्त गर्दै प्रजिअ अर्यालले भने, “चितवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना भएर काम गरेका निर्वाचन प्रहरीलाई हामीले बिदाइ गरे...







