रास्वपालाई दुई तिहाइको लागि २ सिट कम, ६ वटा दल बने राष्ट्रिय पार्टी


काठमाडौँ
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन्। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख स्थान ओगटेको छ भने नेपाली कांग्रेस र एमालेसहित अन्य दलहरू केही कमजोर देखिएका छन्।

रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थ्रेसहोल्ड कटाउन सफल भएका छन्। यसमा कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतको गणना गरिएको छ। रास्वपाले ५१ लाख ५७ हजार ९३० मत (४७.८२ प्रतिशत) ल्याएको छ भने, दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत (१६.२८ प्रतिशत) प्राप्त गरेका छन्।

एमलेले १४ लाख ५२ हजार ७५८ मत (१३.४७ प्रतिशत) प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेकपाले ८ लाख ९ हजार ५७७ मत (७.५१ प्रतिशत) ल्याएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ मत (३.५८ प्रतिशत) प्राप्त गरेको छ। राप्रपाले ३ लाख ३० हजार २६८ मत (३.०६ प्रतिशत) ल्याएको छ।

रास्वपाले १२५, कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृतिले ३ र राप्रपाले १ स्थानमा जित हासिल गरेका छन्। एक सीट स्वतन्त्र उम्मेदवारले जितेका छन्।

रास्वपाले समानुपातिकतर्फ ५७ सीट, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४/४ सीट पाउने छन्। यसरी, रास्वपाको कुल सीट संख्या १८२ हुनेछ, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७, राप्रपाको ५ र १ स्वतन्त्र सांसद हुनेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणनाको प्रतिवेदन सङ्कलन भइरहेको छ। यसका आधारमा दललाई सिफारिस पत्र पठाउने प्रक्रिया पनि चलिरहेको छ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...