लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत, कांग्रेस एमालेको मत कति ?


बुटवल
देशभरीमा ४८ प्रतिशत हाराहारी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले लुम्विनी प्रदेशमा ४६.१६ प्रतिसत मत पाएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी २० लाख २१ हजार ९६१ मत खसेको थियो। रास्वपाले खसेको मतमध्ये ९ लाख ३३ हजार ३५२ मत प्राप्त गरेको हो।

त्यस्तै, लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले खसेको कुल मतको १६.२५ प्रतिशत अर्थात् ३ लाख २८ हजार ७१९ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा एमालेले खसेको मतमध्ये १४.६६ प्रतिशत अर्थात् २ लाख ९६ हजार ५४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले ७.६७ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.९५ प्रतिशत मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा ५७ वटा राजनीतिक दल चुनावमा भाग लिएकोमा ५ वटा दलबाहेक अन्य दलले थ्रेस होल्ड पुर्‍याउन सकेनन्।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...