निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने


चितवन
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्यालो बनाउन यहाँको उद्योग सङ्घ, सिटिइभिटी तथा घरेलु कार्यालयसँग सहकार्य गरी दुई चरणमा व्यावसायिक तालिम उपलब्ध गराउने पहल गरिएको बताए ।
उनका अनुसार एक वर्षमा एक हजार २०० जनालाई र अर्को वर्ष बाँकीलाई तालिम दिने व्यवस्था गरिनेछ । समिति गठन गरी त्यसैमार्फत इच्छुक निर्वाचन प्रहरीलाई निःशुल्क रूपमा तालिम उपलब्ध गराइने उनले जानकारी दिए ।

निर्वाचनका क्रममा उत्कृष्ट काम गरी निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा निर्वाचन प्रहरीलाई धन्यवाद व्यक्त गर्दै प्रजिअ अर्यालले भने, “चितवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना भएर काम गरेका निर्वाचन प्रहरीलाई हामीले बिदाइ गरेका छौँ । उनीहरूलाई घर मात्रै नपठाएर एउटा प्याकेजसहित बिदाइ गरेका हौँ ।”

बिदाइ कार्यक्रममा जिल्लामा रहेका सिटिइभिटीका कार्यालय प्रमुखहरू, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा उद्योग सङ्घका अध्यक्षसहितको टोलीसँग छलफल गरी तालिमको व्यवस्था गर्ने सहमति गरिएको प्रजिअ अर्यालले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन गरी इच्छुक निर्वाचन प्रहरीलाई तत्काल सम्पर्क गरेर तालिम व्यवस्थापन गरिने उनले जानकारी दिए ।

उनले भने, “यदि तपाईँहरू खाली बस्न चाहनुहुन्न भने सम्पर्कमा आउनुहोस् । निःशुल्क तालिमको व्यवस्था हुनेछ ।” तालिम लिएका व्यक्ति बेरोजगार बस्नुपरेको उदाहरण कम रहेको उल्लेख गर्दै प्रजिअ अर्यालले इच्छुक निर्वाचन प्रहरीलाई व्यावसायिक सीप सिक्न आग्रह गरे ।

निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बलतर्फ ३२५ गरी दुई हजार ७६६ निर्वाचन प्रहरी सहभागी भएका थिए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...