Author: संचार पत्र

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् । विशेष अदालतमा बहस गर्दै उनले सरकारले राजनीतिक प्रतिशोधका आधारमा अनुसन्धान अघि बढाएको भनी पूर्वमन्त्री विष्णु पौडेलको पक्राउमा प्रश्न उठाएका हुन् ।सोमबार पक्राउ परेका पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ ।विशेष अदालतमा पौडेलको पक्राउविरुद्ध प्रस्तुत भएका उनले पौडेलमाथि राजनीतिक प्रतिशोधस्वरुप पक्राउ गरिएको जिकिर गरेका हुन् ।उनले बरु मालपानीमाथि अनुसन्धान हुनुपर्ने र त्यसक्रममा मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि अनुसन्धान हुन माग गरेका हुन् ।उनले मालपानीको गाडी प्रयोग गर्ने भनी प्रधानमन्त्री बालेन शाहतिर संकेत गरेका हुन् । शाह सांसद उम्मेदवार ...
जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । त्यसै गरी २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत र ६७ जनाले गैर आवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका हुन् ।भारतसँग खुला सीमा जोडिएको तथा तीव्र जनसङ्ख्या वृद्धि भइरहेको जिल्ला भएकाले नागरिकतासम्बन्धी सेवाको चाप अन्य जिल्लाको तुलनामा रुपन्देहीमा बढी हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको जानकारी दिए । ...
मनसुनी प्रणाली देशका थप भागमा विस्तार

मनसुनी प्रणाली देशका थप भागमा विस्तार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंयस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन फैलिएको हो ।विभागका अनुसार नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो । हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । महाशाखाले अवस्थाअनुसार नियमित रूपमा अद्यावधिक जानकारी सार्वजनिक गर्ने पनि बताएको छ ।महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा तीन दिने मौसम बुलेटिन हेर्न र अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन आग्रह गरेको छ । ...
किसानदेखि स्टार्टअपसम्मका अर्थमन्त्रीको बजेट भाषणका सहुलियत छैनन् विधेयकमा

किसानदेखि स्टार्टअपसम्मका अर्थमन्त्रीको बजेट भाषणका सहुलियत छैनन् विधेयकमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडाैंसंसद्‌मा आर्थिक विधेयक प्रस्तुत गरेपछि कम्तीमा ७ शीर्षकमा करका दर हेरफेर गरेको भनेर आलोचना खेपिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा दिएका महत्त्वपूर्ण प्रतिबद्धता विधेयकमा राख्दै नराखेको पुष्टि भएको छ । खासगरी किसान, स्टार्टअप उद्यमी, गैरआवासीय नेपाली (एनआरएन) लाई लगानी र उद्यममा सहुलियत दिन बजेटमा गरिएका घोषणा आर्थिक विधेयकमा राख्दै राखिएको छैन ।तिलगंगा अस्पतालको लेन्स उत्पादनमा कर सहुलियत दिन गरिएको भाषण पनि आर्थिक विधेयकमा छैन । विधेयक अर्थात् कानुनमा नभएका सहुलियत कार्यान्वयन हुँदैनन् ।संसद्‌मा टेबुल भइसकेको आर्थिक विधेयक मन्त्रालयको वेबसाइटमा संशोधन गरेको विषयलाई बचाउ गर्दै अर्थमन्त्री वाग्लेले दोहोर्‍याइरहेका छन्, ‘चलचित्र हललाई १० वर्षसम्म आयकर छुट दिने विषय मैले बजेटमा बोलिसकेको थिएँ, आर्थिक विधेयकमा छुटेछ, त्यही भएर थप गरिएको हो ।’महानगर र उपमहानगर ...
योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ

योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवलब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रिय कार्यालय बुटवल द्वारा आईतबार आयोजित स्नेह मिलन तथा पत्रकार सम्मेलन एवं ब्राह्मभोजन कार्यक्रममा वोल्दै राजयोगिनी ब्रह्माकुमारी कमला दिदिले योग, ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुने वताउनु भयो। उहाँले हिंसा, द्वन्द्व रहित समुन्नत समाजका लागि आत्मज्ञान, सकारात्मक चिन्तन,वोली र व्यवहार आवस्यक रहेको वताउनुभयो।उहाँले ब्रह्मकुमारी विश्वविद्यालयमा आफु सहभागी भए पश्चात यसको सत्संगले आफु प्रेरित भएर जिवन समर्पण गरेको वताउनु भयो। विश्वविद्यालयको आत्मज्ञानबाट नकारात्मकता हटेर जाने र सकारात्मकता प्रवाह हुने हुनाले सहभागी हुन समेत आव्हान गर्नु भयो।आफुमा परिवर्तन भएमा समाज स्वतह परिवर्तन हुने वताउनु भयो। कार्यक्रममा वोल्दै राजयोगिनी ब्रह्माकुमारी परिनिता दिदि, राजयोगी ब्रह्माकुमार डाक्टर गंगाधर ज...
महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्नेछ : प्रदीप ज्ञवाली

महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्नेछ : प्रदीप ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने बताएका छन् ।रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने भन्दै ज्ञवालीले महाधिवेशनले त्यो तय गर्ने विश्वास व्यक्त गरेका हुन् ।उनले रास्वपाले उत्तरदायी बाटो तय गर्ने विश्वास गर्दै चार बर्षमा हासिल गरेको सफलताबाट सिक्नुपर्ने धेरै विषय रहेको बताए । नेता ज्ञवालीले जनादेश पाएपछि त्यसको सदुपयोग कसरी हुन्छ भन्ने महत्वपूर्ण हुने उल्लेख गरेका थिए । उनले रास्पवाले जनादेशलाई देश र जनताको समृद्धिका लागि प्रयोग गर्ने विश्वास गरे । उनले चुनाव र सिट साधन भएको बताउदै साध्य जनताको हित हुने बताए । नेता ज्ञवालीले सरकारले सय दिन नपुग्दै गरेका केहि निर्णयको जवाफ महाधिवेशनबाट जनतालाई जवाफ दिन आग्रह गरेका थि...
बुटवलको चौंथो मिडिया सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी, विज्ञापन नीति खारेजीको माग

बुटवलको चौंथो मिडिया सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी, विज्ञापन नीति खारेजीको माग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलचौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको हालको विज्ञापन नीतिलाई खारेज गर्नुपर्ने माग गरेको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी र नेपाल मिडिया सोसाइटीको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा असार ६ र ७ गते बुटवलमा सम्पन्न दुईदिने सम्मेलनले आठ बुँदे “बुटवल घोषणापत्र–२०८३” जारी गरेको छ । सम्मेलनमा सहभागी प्रकाशक, सम्पादक र सञ्चारकर्मीहरूले सरकारी विज्ञापन वितरणमा अपनाइएको नीति र अभ्यासले निजी क्षेत्रका सञ्चार माध्यमलाई गम्भीर आर्थिक सङ्कटमा धकेलेको ठहर्याए । यसैले विद्यमान नीतिको ठाउँमा समावेशी, समानुपातिक र वैज्ञानिक आधारमा विज्ञापन वितरण गर्ने प्रणाली लागू गर्नुपर्ने सम्मेलनको माग छ । साथै नेपाल पत्रकार महासंघले चलाइरहेको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै थप सशक्त बनाउने प्रतिबद्धता पनि जनाइएको छ । घोषणापत्रमा विज्ञापन वितरणमा देखिएको अनियमितता र असमानताको छानबिन...
रास्वपा महाधिवेशन आजदेखि चितवनमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने छन् ।भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन समारोह स्थललाई रवि र बालेनको तस्बिरसहित सजाइएको छ ।रास्वपा प्रवक्ता मनिष झाका अनुसार, महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको छ । महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए । महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र ज...
अमेरिका-इरान वार्ता : पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुने

अमेरिका-इरान वार्ता : पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंअविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरुबीच स्वीटजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन् ।वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विट्जरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि शनिबार वाशिङ्टनबाट प्रस्थान गरेको रोयटर्सले जनाएको छ । यसअघि जेडी भान्सको स्वीटजरल्याण्ड यात्रा अन्तिम समयमा रोकिएको समाचार सार्वजनिक भएको थियो ।तर रोयटर्स, बीबीसी जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले जेडी भान्स स्वीटजरल्याण्ड प्रस्थान गरेको उल्लेख गरेका छन् । इरानी अधिकारीहरु भने स्वीटजरल्याण्ड पुगिसकेका छन् ।जेडी भान्सले वार्ताबाट आणविक मुद्दा र लेबनान युद्धविरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायल र हेजबुल्लाहबीचको तनाव तथ...
प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा

प्रेस स्वतन्त्रताको पक्षमा सरकार छैन, हरेक नागरिक आ-आफ्नो स्थानबाट लड्नु पर्छ: अध्यक्ष शर्मा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले नागरिकले लडेर ल्याएको सिंह दरवारको अधिकार नागरिकमा रहेको र अहिलेको सरकारले खोस्न खोजेको वताइन्।नेपाल मिडिया सोसाइटी तथा प्रशासक संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शुरुवात भएको २ दिने चौथो मिडिया सम्मेलनमा वोल्दै उनले महासंघ चरणवद्ध आन्दोलन गरिरहेको तर सरकारले पहल नगरेको वताउदै सञ्चारकर्मी र सञ्चार माध्यममा भएको कमजोरी सच्याउने तर समग्र निजी सञ्चार माध्यमलाई प्रहार भएको स्विकार नहुने धारणा राखिन्।सरकारले समाचार लेखेकै कारण पत्रकारमाथि अनेक किसिमका समस्या श्रृजना गरिरहेको समेत जिकिर गरिन्।सरकारको असंवैधानिक कदमविरुद्धको चरणवद्ध आन्दोलन संवोधन नहुँदा सम्म नरोकिने चेतावनी दिइन्। बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वचाई राख्न सञ्चार माध्यम, सञ्चारकर्मी, सरकार, सरोकारवाला र आमनागरिक संयमि...