Author: संचार पत्र

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले अनलाइनखबरलाई बताए ।साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो । बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो ।  प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको शर्माले बताए ।उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो । ...
औषधिले काम नगरेर अबको २५ वर्षमा विश्वमा झन्डै चार करोड मानिसको ज्यान जान सक्ने : अध्ययन

औषधिले काम नगरेर अबको २५ वर्षमा विश्वमा झन्डै चार करोड मानिसको ज्यान जान सक्ने : अध्ययन

Breaking news 2, ताजा अपडेट, विदेश, विविध, समाचार, समाज, सम्पादकिय, स्थानीय
अबको २५ वर्षमा औषधिले काम गर्न छाडेर झन्डै चार करोड जना मानिसको ज्यान जान सक्ने एउटा अध्ययनले देखाएको छ । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स परियोजनाले पहिलोपटक एएमआरको लामो समयसम्मको प्रवृत्तिबारे विश्वव्यापी अध्ययन गरेर त्यसको नतिजा लान्सेट जर्नलमा प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदनको निष्कर्षमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) वा औषधिले काम नगर्दा सन् २०५० सम्ममा तीन करोड ९० लाख जना मानिसको ज्यान जाने उल्लेख रहेको छ । ब्याक्टेरियाविरुद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरुद्ध काम गर्ने (एन्टिभाइरल), फन्गसविरुद्ध काम गर्ने (एन्टिफन्गल) र परजीवीविरुद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ । यी औषधि विरुद्ध जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरेमा त्यसलाई एएमआर भनिन्छ । एएमआरका कारण औषधिले काम गर्न छोड्छन् । रोग प्रतिरोधात्मक...
भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

Breaking news 1, ताजा अपडेट, फिचर, समाचार, सम्पादकिय, स्थानीय
२ असोज, काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनले बताए । ‘एप बनाएर टिकट काट्ने व्यवस्था गर्न लागेका थियौं, सम्भव भएन,’ उनले अगाडि भने, ‘अब तोकिएको वेबसाइटमार्फत विहान ११ बजेपछि प्रत्येक आधा घण...
‘धार्मिक आस्थामा आघात पुर्‍याउने फिल्मलाई नसच्याएसम्म प्रदर्शन अनुमति नदिनू’

‘धार्मिक आस्थामा आघात पुर्‍याउने फिल्मलाई नसच्याएसम्म प्रदर्शन अनुमति नदिनू’

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादबारे दायर मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फिल्ममा राष्ट्रिय विभूति लगायतका विषय उल्लेख गर्दा सम्बन्धित निकायबाट अग्रिम रुपमा अनुमति लिएर मात्र समावेश गर्ने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको छ । सर्वोच्चले विदेशमा निर्माण भएको फिल्ममा नेपालको शान्ति सुरक्षा, मित्र राष्ट्रसँगको सम्बन्ध, विभिन्न जातजातिबीचको सुसम्बन्ध, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आघात पुर्‍याउने खालको भएमा नेपालभित्र प्रदर्शनको अनुमति नदिन निर्देशनात्मक आदेश दिएको छ । त्यस्तै सार्वजनिक हित, सरोकार तथा सदाचार र नैतिकता प्रतिकूलका कार्यलाई बढावा दिने एवं लैंगिक हिंसालाई प्रश्रय दिने प्रकृतिका भए नभएको जाँच गरी फिल्मको मूल स्रोतमा नसच्चिएसम्म त्यस्ता सामग्री नेपालभित्र प्रदर्शन अनुमति नदिन भनिएको छ ...
प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि खोजौं : विश्वप्रकाश शर्मा

प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि खोजौं : विश्वप्रकाश शर्मा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए ।संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ नरहेको बताए । ‘संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित हुने प्रधानमन्त्री र प्रदेशमा जुनखालको व्यवस्था छ, त्यो बिल्कुल सही छ । समस्या यसमा छैन,’ महामन्त्री शर्माले भने, ‘समस्या चाहिँ त्यो चयन गर्दा बहुमत जुटाउने खालको पद्धतिको खोजी के हो ? त्यसमा जान जरुरी छ । बहुमत प्राप्त भएको संसदीय दलको नेताले मुलुकको नेतृत्व ५ वर्ष नै गर्न पाउनुपर्छ । संवैधानिक रुपमा राष्ट्रपति र संसद...
मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती

मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलकाे मेडिटेक अस्पताल एण्ड रिसर्च सेन्टरकाे मेडिकल डाईरेक्टरमा स्त्रीरोग विषेषज्ञ डा.सतिस रुपाखेती नियुक्त भएका छन्। अस्पतालकाे सञ्चालक समितिकाे बैठकले १ असाेजदेखि लानुहुने गरि अस्पतालकाे मेडिकल डाईरेक्टरमा डा.रुपाखेतीलाई नियुक्त गरेकाे हाे। मंगलवार पदभार ग्रहण गर्दै उनले अस्पतालले प्रदानगर्ने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्दता व्यक्त गरे। डा.रुपाखेतीले अस्पतालकाे सेवालाई चुस्तदुरुस्त बनाउने र बिरामिकाे उपचार सेवालाई थप विश्वासनीय बनाउने प्रतिवद्दता व्यक्त गरे। Enter You sent ...
बालेनका समर्थक बसन्तपुरबाट प्रहरी नियन्त्रणमा

बालेनका समर्थक बसन्तपुरबाट प्रहरी नियन्त्रणमा

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
१ असोज, काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।‘उहाँहरु सँगै केही स्थानीयको विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको हो’ एसएसपी रजौरेले अनलाइनखबरसँग भने । जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले बालेन समर्थक १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको छ । ...
समितिको जिम्मेवारी पूरा, अब गृहमन्त्रीको परीक्षा

समितिको जिम्मेवारी पूरा, अब गृहमन्त्रीको परीक्षा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
सहकारी बचत दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले ९९ दिनको अध्ययनपछि दिएको प्रतिवेदनले ठगीमा संलग्नहरूलाई कारबाही गर्ने तथा सहकारी अभियानलाई शुद्धीकरण गर्ने प्रस्थानविन्दु देखाएको छ । सहकार्यको नाममा संस्था गठन गर्ने, असीमित व्यक्तिबाट बचत उठाउने र अनियन्त्रित रूपमा रकम परिचालन गर्ने जुन पद्धति मौलाएको थियो, त्यसमा बिराम लाग्नुपर्ने थियो । तर ठूला सहकारीबाट ठूलै रकम अपचलन गर्नेहरूको आर्थिक तथा राजनीतिक प्रभावका कारण कारबाहीमा अवरोध हुँदै आएको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूसमेतको संलग्नतामा गरेको बचत अपचलनमाथि उठेको प्रश्न, उजुरी र अनुसन्धानलाई निषेध गरेकै कारण पीडितहरूको आवाज सञ्चारमाध्यम र संसद्ले उठाएका हुन् । त्यसपछि गठन भएको छानबिन समितिले भनेको छ, ‘रकम दुरुपयोग गर्ने लामिछानेसहित सबैमाथि कारबाही गर ।’ प्रतिवेदनले दोषीलाई कारबाही गर्न मात्र होइन, पीडितको...
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगेर सेलाइन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । ...
बुटवल – भैरहवामा पन्च इभीको लन्च

बुटवल – भैरहवामा पन्च इभीको लन्च

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिंगबाट भैरहवामा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ। साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ। सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट सीओओ राजेश गिरी र प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको सहभागिता रहेको थियो। बुटवलको बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गर्न पाउँदा निकै उत्शाहित रहेको जानकारी सफल अटो इन्टरनेशनलका निर्देशक दिनेश शर्माले बताए। साथै पहिले नेक्सन इभि र गत वर्ष टियागो इभिले बुटवलमा एकदम राम्रो बजार लिएको र अब पन्च इभीले पनि उत्कृष्ट बजार लिनेमा विश्वस्त रहेको जानकारी गराए। त्यसै गरि अम्बु मार्केटिंगका प्रोपाइटर...