तराईका धेरै ठाउँमा आज पनि हुस्सु , सडकमा गाडी चलाउन समस्या
काठमाण्डौ
तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको छ ।
यस्तो समस्या बुटवल–नारायणगढ सडकमा बढी छ । आज पनि यस सडकखण्डमा गाडी चलाउन समस्या रहेको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजोदेखि नै बाक्लो हुस्सुसँगै शीतलहर चलेको छ । हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको हो ।
हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको छ । दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् ।
तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईमा घर बाहिर निस्कँदा कपडा भिज्ने खालको शी...








