माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्न माग


काठमाडौँ

माओवादी केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा सोमबार सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली भड्किलो र आयस्रोत अपारदर्शी भएको भन्दै सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फागुन १ भित्र सम्पत्ति विवरण बुझाउन र लेखा आयोगले अनुगमन गर्ने प्रस्ताव गरेका छन् । परिवारका आयस्रोत अद्यावधिक विवरण पार्टीलाई बुझाउनुपर्ने पनि प्रस्ताव राखेका छन् । दाहालले पार्टीले जितेका १ सय २३ पालिकामा ‘समाजवादी मोडेल’ लागू गर्ने प्रस्ताव पनि अघि सारेका छन् । ‘स्थानीय सरकारलाई समाजवादउन्मुख बनाउने’ १३ बुँदे प्रस्ताव उनले पेस गरेका हुन् ।

‘पालिकामा दलले छाया सरकारको अवधारणाअन्तर्गत योजनाबद्ध रूपमा जनतासँग जोडिएका सेवा, सुधार र विकासका काम गर्नुपर्छ,’ दाहालको प्रस्तावमा भनिएको छ, ‘पालिकाले गर्नुपर्ने बजेट निर्माण र विकास योजनामा माओवादीका तर्फबाट पनि प्रस्ताव तयारी गरी जनप्रतिनिधि भए जनप्रतिनिधिमार्फत र नभए दलका तर्फबाट ज्ञापनपत्रमार्फत माग राख्नुपर्छ र त्यसलाई जनतामाझ पनि सार्वजनिक गर्नुपर्छ ।’

स्थानीय सरकार, स्थानीय विशेषता र जनताबीच तालमेल गरी पालिकामा उपलब्ध प्राकृतिक स्रोत, संस्कृति र भौतिक पूर्वाधारको स्थिति बुझेर काम गर्न दाहालले नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले सामाजिक विभेदमा रहेका दलित, महिलाहरूको अधिकार र जागरणका लागि विशेष नीति र ऐनको व्यवस्था गर्ने, विशेष डेस्कको स्थापना गरी उजुरी लिने, अनुसन्धान गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय सदस्यहरूले पार्टीमा काम गर्ने र नगर्नेको सही मूल्यांकन नभएको भन्दै गुनासो गरेका थिए । माओवादी नेताहरूले समाजवादी क्रान्तिको स्पष्ट मार्गचित्र माग, स्थानीय तहबाट समाजवादको कार्यान्वयन थाल्ने प्रस्ताव स्वागतयोग्य भए पनि त्यसको खाका बनाउन आग्रह गरेका छन् ।

केही सदस्यले महाधिवेशन तालिका ल्याउन आग्रह गरेका छन् । दाहालले प्रतिवेदनमा ६ महिने अभियान चलाएपछि महाधिवेशनमा जान सकिने प्रस्ताव गरेका छन् ।

सोमबार ८० केन्द्रीय सदस्यले नेताहरूको कार्यशैली सुधार गरी उत्पादनमा जोडिनुपर्ने, पार्टी सत्तामुखी नभई जनतातर्फ फर्कनुपर्ने सुझाव दिए । सचिव देवेन्द्र पौडेलले समाजवादको आगामी बाटो स्पष्ट हुनुपर्ने बताए । पार्टीमा गुटउपगुट अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । पूर्वसभामुख ओनसरी घर्ती, नेताहरू सुदन किराती, जगप्रसाद शर्मा लगायतले महाधिवेशन गरेर नेतृत्व चयन र कार्यदिशा बनाउनुपर्ने धारणा राखे । सांसद राजन दाहाल, महेन्द्रबहादुर शाहीले पार्टीले तलसम्म अभियान चलाएर महाधिवेशनमा जानु उचित हुने मत राखेका थिए ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...