अत्याधिक चिसोका कारण रुपन्देहीका ४ पालिकामा आजदेखि विदा


रुपन्देही

 चिसो बढेपछि रुपन्देहीको कञ्चन गाउँपालिकासहित ४ स्थानीय पालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । आज सोबारदेखि कञ्चन, मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा बिदा दिइएको हो । 

कञ्चन गाउँपालिका र कोटहीमाईले पुस २२ गतेदेखि २९ गतेसम्म तथा सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म विदा दिएका छन् । बढ्दो शितलहरका कारण चिसो अत्याधिक बढेकाले प्रतिकुल मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको ती पालिकाहरुले जनाएका छन् । 

चिसो बढेपछि तराईको जनजीवन प्रभावित भएको छ । विशेषगरी विहानको समयमा बाक्लो हुस्सु र कुहिरोले तराईमा जाडो अत्याधिक बढेको छ । 

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...