तिब्बत केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प काठमाडौमा ठुलै धक्का महसुस


काठमाडौं

काठमाडौंमा आज बिहान शक्तिशाली भूकम्पको धक्का मशशुस भएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । तिब्बत केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युड क्षमताकाे भूकम्प, रौतहट लगायत देशभर भूकम्पको धक्का महसुस भएको छ ।

रौतहटहित देशका विभिन्न भागमा भूकम्पको कम्पन गएको छ । भूकम्पले हल्लाउन थालेपछि स्थानियहरु कोलाहलगर्दै घर बाहिर निस्किएका छन् ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु चीनको स्वशासित क्षेत्र तिब्बतको डिङगी काउन्टी रहेको छ ।

केन्द्रका अनुसार भूकम्प ७ म्याग्निच्युडको रहेको छ । भूकम्प मंगलबार बिहान ६ बजेर ५३ मिनेटमा गएकाे केन्द्रले जनाएकाे छ ।

भूकम्पकाे केन्द्र बिन्दु नेपालका संखुवासभा र ताप्लेजुङ जिल्लासँग सीमा जाेडिएकाे छ ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो । हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन । 

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...