कृषकको समस्या समाधान गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको मन्त्री पन्थीको भनाई
बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दुग्धजन्य क्षेत्रमा भएका उद्योगी व्यवसायीहरुको समस्या समाधान सरकार तयार भएको बताएका छन् । ऐन संसोधन गरेभएपनि व्यवसायी तथा कृषकको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारण सभाको अवसरमार सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पन्थीले यस्तो बताएका हुन् ।
दुध र दुग्जन्य बस्तुको उत्पादन बढ्दै जाँदा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको पेयपद्धार्थ उपभोग गर्ने उपभोक्ताहरुको समेत कमी आउने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादन र उपभोगमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले कुनै पनि समस्याको समाधान सामुहिक पहलबाट सम्भव भएको भन्दै सोही अनुसार योजना बनाएर अगाडि बढ्नुपर्ने र य...








