कृषकको समस्या समाधान गर्न  लुम्बिनी प्रदेश सरकार तयार रहेको मन्त्री पन्थीको भनाई


बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दुग्धजन्य क्षेत्रमा भएका उद्योगी व्यवसायीहरुको समस्या समाधान सरकार तयार भएको बताएका छन् । ऐन संसोधन गरेभएपनि व्यवसायी तथा कृषकको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारण सभाको अवसरमार सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पन्थीले यस्तो बताएका हुन् ।

दुध र दुग्जन्य बस्तुको उत्पादन बढ्दै जाँदा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको पेयपद्धार्थ उपभोग गर्ने उपभोक्ताहरुको समेत कमी आउने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादन र उपभोगमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले कुनै पनि समस्याको समाधान सामुहिक पहलबाट सम्भव भएको भन्दै सोही अनुसार योजना बनाएर अगाडि बढ्नुपर्ने र यसमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए ।

पशुसेवा विभागका उप महानिर्देशक डा. लेखराज दाहालले अवको कृषि क्रान्ति यन्त्रीकरणमा हुनुपर्ने धारणा राखे । उनले दुधमा गुणस्तर कायम गर्न सकीएन भने अन्य देशमा निर्यात गर्न नसकिने भएको कारण दुध उत्पादक किसान, संकलनकर्ता, उद्योगी सबैले अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा रहेर दुधको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए । नेपालबाट विभिन्न देशमा निर्यात गर्नको लागि विभागले विभिन्न निकायसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताए । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दुध तथा दुग्धजन्य पदार्थको विविधिकरणमा उल्लेख्य प्रगति भएको बताउँदै अब यान्त्रीकरणमा जोड दिनुपर्ने बताए । किसानको समस्या समाधानको लागि बोर्डले निरन्तर लागिपरेको बताउँदै उनले अब भुक्तानीसको समस्या हटेर जाने विश्वास व्यक्त गरे । नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले सरकारले लागानी सम्मेलन गरी रातो कार्पेट ओच्छाएर विदेशी लगानीकर्ताहरुलाई स्वदेशमा सहुलीयतमा भित्र्याउँदै गर्दा स्वदेशी उद्योगी, स्वदेशी कच्चा पद्धार्थको प्रयोग गरी विभिन्न बस्तु उत्पादन गरी बजारीकरण गर्दै आएका व्यवासायीहरुलाई भने हेलाको दृष्टिकोणबाट हेर्नु आफैमा जायज कुरा नभएको बताए । उनले नेपाली किसानहरुको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि सरकारले नीतिगत सुधारसहितका कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विशिष्टकृत दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष ज्ञानु पौडेल, नेपाल डेरी एशोसीयसनका सल्लाहकार तथा पुर्व मेयर हिरा बहादुर खत्री, दुग्ध विकास आयोजना लुम्बिनी वितरण आयोजना प्रमुख कृष्णप्रसाद अर्याल, डेरी उद्योग संघ लुम्बिनीका अध्यक्ष विक्रम रिजाल, नेपाल डेरी एशोसीयसनका पुर्व केन्द्रीय अध्यक्ष सुमित केडीया, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, घरेलुु तथा साना उद्योग महासंघ लुम्बिनीका बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद पोखरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सम्मानित व्यवसायी लिलाधर शर्मा लगायतले विभिन्न सुझाबसहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...