Author: संचार पत्र

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्दैछ।समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगश...
देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ । गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबिच बिहीबार राति औपचारिक सम्झौता भएको हो । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई नेपाल सरकारले सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने दुई पक्षबिच सहमति भएको छ ।त्यस्तै मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने , घ...
प्रतिनिधि सभाको बैठक- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो: प्रचण्ड

प्रतिनिधि सभाको बैठक- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो: प्रचण्ड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमतको दम्भ नदेखाउन रास्वपालाई चेतावनी दिएका छन् ।विहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संख्या अस्थायी भएकाले बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका हुन् । उनले भने- 'संख्या अस्थायी हो । मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी हो । जनताप्रति उत्साह ल्याउनुपर्छ ।’ साथै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुराना नेताहरुसँग संवाद नगरेको भन्दै आलोचना गरेका थिए । उनले भने- 'प्रधानमन्त्री बालेनलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन रोकेको हो ? आफ्नै अंहकारले रोकेको हो कि के हो ? अनुभव लिन कन्जुस्यायी गर्न आवश्यक छ र ? तपाईंहरु जति संवादबाट टाढा जानुहुन्छ। प्रतिपक्षलाई जति अवमूल्यन गर्नुहुन्छ त्यति राष्ट्र, जनता अफ्ठ्यारोमा पर्ने देखिन्छ।’ प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले रोस्टमबाट दिँदा सानो नभइ...
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलकेन्द्रमा नेकपा एमाले र नेकपाबिच नयाँ सत्ता समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा पनि एमालेकै नेतृत्वमा सरकारलाई निरन्तरता दिइने भएको छ। मुख्यमन्त्रीमा वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले नै निरन्तरता पाउने निर्णय भएको छ। मुख्यमन्त्री आचार्यले कुरा गर्दै केन्द्रबाट आफूलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने निर्णय भएको जानकारी दिए। केन्द्रको सहमतिपछि अब नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ।सरकार गठनसँगै मन्त्री चयनको प्रक्रिया पनि सुरु भएको छ। नेकपाका तर्फबाट प्रमुख सचेतक इन्द्रजित थारु, दीपेन्द्र पुन र नरमाया ढकाल मन्त्रीका प्रमुख दाबेदारका रूपमा रहेका छन्। नेकपा संसदीय दलका नेता जोखबहादुर महराले एमालेले मुख्यमन्त्रीको टुङ्गो लगाएसँगै मन्त्रालय बाँडफाँटबारे गठबन्धन दलबिच औपचारिक छलफल सुरु भएको बताए। यद्यपि लुम्बिनी प्रदेशसभाको अङ्कगणितका कारण सरकार...
देशभर मनसुनी वायुको प्रभाव, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । साथै मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट...
१४ दिनपछि आज बस्दैछ प्रतिनिधि सभा बैठक, यि हुन् कार्यसूची

१४ दिनपछि आज बस्दैछ प्रतिनिधि सभा बैठक, यि हुन् कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधि सभाको बैठक बस्दैछ। बिहीबार बिहान ११ बजे बैठक बस्ने तय भएको हो। बैठक असार ३१ गतेयता पहिलो पटक बस्न लागेको हो। आजको बैठकका लागि दुइटा मात्रै कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। ...
आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति पछि आन्दोलन फिर्ता

आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति पछि आन्दोलन फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति भएको छ । बुधबार सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ।यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययो...
गुरु पूर्णिमा र यसको महत्व

गुरु पूर्णिमा र यसको महत्व

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
बुटवल विषेशत: अषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइन्छ। हिन्दूधर्म शास्त्रहरुमा गुरुको वर्णन यसरी गरिएको छ ।गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ॥अर्थात् गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, गुरु नै महेश्वर हुन् । गुरु नै प्रत्यक्ष परम ब्रह्म हुन् । ती गुरुलाई म नमस्कार गर्छु । गुरु पूर्णिमा भनेको के हो? गुरु पूर्णिमा हिन्दू, बौद्ध र जैन धर्मका अनुयायीहरूले मनाउने एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । यस पर्वमा आफ्नो जीवनका शिक्षक, गुरु, आचार्य तथा मार्गदर्शकप्रति श्रद्धा, समर्पण र सम्मान प्रकट गरिन्छ । यो पर्व विशेषतः आषाढ शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइन्छ । हिन्दू धर्मअनुसार यस दिन महर्षि वेदव्यासको जन...
संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधिसभा बैठक ३१ असारदेखि १४ साउनसम्म र राष्ट्रिय सभा बैठक ३१ असारदेखि नै १५ साउनसम्म स्थगन गरिएको छ । बैठक बस्ने दिन नजिकिँदा राष्ट्रिय सभामा तत्काल कुनै ‘बिजनेस’ छैन । प्रतिनिधिसभामा पनि ‘बिजनेस’ अभाव छ । राष्ट्रिय सभामा नयाँ विधेयक छैनन्, यसअघि दर्ता भएका विधेयक पारित गरी प्रतिनिधिसभामा पठाइएका छन् । प्रतिनिधिसभामा विचाराधीन विधेयकको संख्या ८ छ । तीमध्ये एउटा मात्रै सभामा छ, अरू संसदीय समितिमा छन् । समितिमा रहेका सात विधेयकमध्ये तीनवटा प्रतिनिधिसभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका हुन् । प्रतिनिधिसभामा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन छ । त्यसबाहेक नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) व...
प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान

प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलसुनसरीको देवानगञ्ज घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा संयमता अपनाउन आग्रह गरेका छन् । उनले मंगलबार मध्यरातमा समाजिक संजाल फेसबुकबाट आह्वान गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् ।प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पीडित परिवारको दुःख आफूले पनि महसुस गरेको उल्लेख गर्दै सरकारले छिट्टै न्याय, क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्ने बताएका छन् । शाहले सुरक्षाकर्मीको गोलीबाट नागरिकले ज्यान गुमाउनु र घाइते हुनु सामान्य घटना नभएको उल्लेख गर्दै यसको निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही हुने पनि बताएका छन् । सरकारले घटनाको गम्भीर समीक्षा गरी आगामी दिनमा यस्ता घ...