नेपालको १५९ मुलुकसँग व्यापार, ३५ मुलुकसँग नाफा, १२४ सँग घाटा
स्वदेशमै उत्पादित वस्तुको निर्यात बढाउन नसक्दा नेपालले १ सय २४ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने कृषि वस्तुसमेत आयात हुँदा यी मुलुकसँग घाटा भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार ७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा भएको छ ।
यो रकम गत आर्थिक वर्षको पहिलो ७ महिनाभन्दा ६.२० प्रतिशतले बढी हो । २०८०/८१ को पहिलो ७ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । सबैभन्दा धेरै व्यापार घाटा भारत र चीनसँगै छ । भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ र चीनसँग १ खर्ब ९० अर्ब ४४ करोड घाटा छ ।
छिमेकी मुलुकसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकसँग पनि व्यापार घाटा नै छ । तथ्यांकअनुसार १ सय ५९ मुलुकसँग नेपालको द्विपक्षीय व्यापार हुन्छ । तीमध्ये ३५ मुलुकसँग व्यापार नाफा र १ सय २४ मुलु...








