बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल
बुटवल
लामो समयदेखि बुटवल गोलपार्कबाट सेवा दिइरहेको बुटबल कम्प्युटर इन्स्टिच्युटले एकैपटक ३७ जना विद्यार्थीहरुलाई नेपाल आर्मीमा नाम निकाल्न सफल भएको छ।
उक्त इन्स्टिच्युटले सैन्य तयारी कक्षासँगै प्रहरी तयारी कक्षा, लोकसेवा, शिक्षक सेवा ,कम्प्युटर ,विभिन्न विषयमा ट्युसन कक्षाहरू लगायत विभिन्न सेवा सञ्चालन गर्दै आएको छ। सैन्य सेवामा जस्तै प्रहरी तयारी कक्षा ,लोकसेवा ,शैक्षिक सेवा ,कम्प्युटर ,ट्युसन क्लास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हुँदै आइरहेको छ। शनिबार बुटवल गोलपार्क कार्यालय परिसरमै सैन्य सेवामा उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम राखेको थियो।
कार्यक्रममा बोल्दै इन्स्टिच्युटका सञ्चालक दिपक केसीले आफ्नो अथक प्रयास, शिक्षकहरूको लगानी र विद्यार्थीहरूको मेहनत र लगावबाट मात्र सफल भएकोमा सफल हुने विद्यार्थीहरु , प्रशिक्षकहरु लाई बधाई तथा शुभकामना दिए। केसीले सै...








