Author: संचार पत्र

पानी परेको समय नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक

पानी परेको समय नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाण्डौ पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा पानी परेको बेला राति गाडी चलाउन रोक लगाइएको छ । नवलपरासी प्रहरीका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे खुलेको छ । बिनयी खोलामा आउने बाढीमा गाडी फस्ने जोखिमका कारण प्रहरीले पानी परेको बेला यातायात बन्द गरेको हो । सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि सार्वजनिक सूचना निकालेर यस सडक खण्डमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएको थियो । यसअघि तीनदिन ठूलो पानी नपरेका कारण गाडी निर्वाध सञ्चालन भएको थियो । पानीको सतह घटेपछि बिनयी खोलाको डाइभर्सनबाट पनि अस्ति बुधवारदेखि गाडी गुड्न थालेका थिए । तर पानी पर्न थालेपछि फेरि रातमा गाडी चलाउन रोकिएको प्रहरीको भनाइ छ । ६ महिनाअघि बिनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि त्यसैको केही उत्तरतर्फ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ । ...
मनसुनजन्य विपत्तिमा सरकारको तयारीः फोनमा घन्टी

मनसुनजन्य विपत्तिमा सरकारको तयारीः फोनमा घन्टी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं यो वर्षको मनसुनमा मात्रै करिब २० लाख मानिस प्रभावित हुने देखिएको छ । राष्ट्रिय जोखिम तथा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षामा मात्रै ४ लाख ४७ हजार घरधुरीका १९ लाख ९७ हजार मानिसहरू कुनै न कुनै रूपले प्रभावित हुने अनुमान गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्ट यसरी प्रभावित हुन सक्ने संख्यामध्ये करिब १० प्रतिशतलाई सरकारले सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने आकलन गरिएको बताउँछन् । मंगलबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारले गरेको पूर्वतयारीबारे छलफल थियो । उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेना लगायतका बलाधिकृत, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका क...
पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले केही बेरअघि यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। बुधबार बिहान नेपालले अदालतमा बयान दिएपछि थुनछेक बहस चलेको थियो।अदालतले भनेबमोजिम धरौटी बुझाए नेता नेपाल बुधबारै छुट्नेछन्। काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पूर्वप्रधानमन्त्री नेपाल आफै उपस्थित हुने भन्दै निवेदन दायर गरी बुधबार बिहान अदालत पुगेका थिए। नेपाल विशेष अदाल...
बैंकमा तरलता, बजारमा खडेरी

बैंकमा तरलता, बजारमा खडेरी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी (अधिक तरलता) झनै बढ्ने देखिएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि, सरकारी खर्चबापतको पैसा बजारमा आउन सुरु, उपभोगमा सीमितता जस्ता कारण निक्षेप बढिरहे पनि कर्जा प्रवाहमा अपेक्षित सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम झन्–झन् बढ्दै जाने भएको हो ।  ऋण दिन मिल्ने रकम धेरै भएको भन्दै डेढ वर्षयता राष्ट्र बैंकले लगातार सातामा दुई दिन (आइतबार र बुधबार) बजारबाट पैसा झिक्दै आएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निकाल्दै आएकामा गत साता एक्कासि ४२ दिनका लागि पैसा झिक्यो भने बुधबार ६३ दिनका लागि ५० अर्ब झिकेको छ । तरलता व्यवस्थापन गर्न यति धेरै दिनका लागि पैसा झिकेको पहिलो पटक हो । तरलता बढ्ने अनुमानमा यस पटक दीर्घकालका लागि पैसा तानिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । निक्षेप वृद्धिको अनुपातमा कर्जा...
सांसद मेटमणि चौधरी र ठेकेदारबीच ५ करोड ४० लाखको शंकास्पद लेनदेन

सांसद मेटमणि चौधरी र ठेकेदारबीच ५ करोड ४० लाखको शंकास्पद लेनदेन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
असार ५ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय दाङमा एउटा पत्र पुग्यो।त्यो पत्र नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव तथा दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद मेटमणि चौधरी विरूद्धको जाहेरी थियो। बैंकिङ कसुर सम्बन्धमा चेक अनादर (चेक बाउन्स) भएको भन्दै  प्रहरी कार्यालयमा हुलाकमार्फत जाहेरी पुगेको थियो।जाहेरीमा सांसद चौधरीले दिएको ५ करोड ४० लाख रुपैयाँ बराबरको एभरेस्ट बैंकको चेक बाउन्स भएको भन्दै चौधरीमाथि अनुसन्धान गर्न माग गरिएको थियो। चौधरीविरूद्ध जाहेरी दिने व्यक्ति रोल्पा घर भइ दाङको घोराही बस्ने धात बुढामगर हुन्। उनी ठेक्कापट्टाको काम गर्छन्। सुरूमा धात जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय दाङमा आफै उपस्थित भएका थिए। त्यतिबेला प्रहरीले जाहेरी लिन नमानेपछि उनले हुलाकबाट पठाएका थिए। बुढामगरले जाहेरी दिए पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन।...
युद्धभूमि इरानबाट घर फर्केका दुई युवाले सुनाए त्यहाँको अनुभव

युद्धभूमि इरानबाट घर फर्केका दुई युवाले सुनाए त्यहाँको अनुभव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका दुई नेपाली युवा बुधबार बुटवलस्थित घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर ल्याएको हो । बुटवल उपमहानगरपालिका-१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै  घर आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु दुवै सकुशल आइपुगेको जानकारी दिए । नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफूहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुशल आइपुगेको भन्दै युवाहरुले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि रोजगारीको सिलसिलामा इरान रहेको र आउने–जाने गर्दै आएको सुमनले सुनाए । इरानमा युद्ध भए पनि आफूहरूलाई खासै अप्ठ्यारो भने नपरेको उनको भनाइ छ । ‘हामीलाई साह्रै अप्ठ्यारो पनि परेको थिएन । प्रत्यक्ष हमला पनि देखिएन । पछि...
अध्यागमन प्रणाली सुधार्न उच्चस्तरीय समितिलाई ९ बुँदे नीतिगत कार्यादेश

अध्यागमन प्रणाली सुधार्न उच्चस्तरीय समितिलाई ९ बुँदे नीतिगत कार्यादेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुधारका लागि मात्रै केन्द्रित भएर अध्ययन गर्ने भएको छ ।  विमानस्थलको बेथिति र अनियमिततामाथि अख्तियारले छुट्टै अनुसन्धान गरेकाले समितिलाई नीतिगत, कानुनी र संरचनागत कमीकमजोरीका कारणले हुने समस्याको अध्ययन गरेर सरकारलाई सुझाव दिन ९ बुँदाको क्षेत्राधिकार दिइएको हो । समितिका एक सदस्यका अनुसार कार्यविधि बनाएर समितिले तत्कालै काम थाल्ने छ । गृहमन्त्री रमेश लेखकले प्रमुख प्रतिपक्ष माओवादीसँग भएको दुई बुँदे सहमतिको जगमै सरकारले समिति बनाएको र यसले नीतिगत सुधारको दिशामा काम गर्ने बताए । सरकार र माओवादीबीच यस दिशामा जेठ ३० गते दुई बुँदे सहमति भएको थियो । सरकारका तर्फबाट एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादीका प्र...
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी, जोन ३३ को चौथो मिटिङ तथा फेलोशिप सम्पन्न

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी, जोन ३३ को चौथो मिटिङ तथा फेलोशिप सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल देशका पाँच जिल्लामा सेवा दिइरहेको लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५P एरिया ४ जोन ३३ काे चौथो जोन मिटिङ तथा फेलोशीप कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५P एरिया ४ जोन ३३ का चियर पर्सन ओम थापाले संस्थाको कार्यप्रगति र आगामी योजनाका बारेमा प्रकाश पार्नुभयो। थापाले शिक्षा ,स्वास्थ्य ,वातावरणलाई प्रमुख उद्देश्य बनाई काम गरिरहेको संस्थाले शैक्षिक सामग्री वितरण, आँखाको निःशुल्क उपचार ,क्यान्सरको जनचेतना र उपचारार्थ आर्थिक सहयोग, रक्तदान कार्यक्रम ,लागू औषध विरुद्ध जनचेतना, मधुमेहको निःशुल्क परीक्षण लगायतका कामहरु गर्दै आएको र थप सक्रिय भएर लाग्न क्लबका अध्यक्षहरुलाई प्रोत्साहित गर्नुभयो। थापाले डिस्ट्रिकले ल्याएका कार्यक्रमहरु क्लब समक्ष पुर्‍याउने र क्लबका गतिविधिहरू डिस्ट्रिकमा पुर्‍याउने समन्वयकर्ताको भूमिका निर्वाह गर्दै आए...
सात सयएक पालिकाको बजेट सार्वजनिक : काठमाण्डौसहित ५२ पालिकामा अन्योल

सात सयएक पालिकाको बजेट सार्वजनिक : काठमाण्डौसहित ५२ पालिकामा अन्योल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाण्डौ देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले पोर्टलमा बजेट प्रविष्ट गरेका छैनन् । कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये एक सय ३० वटाले बजेट ल्याएका छन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । मधेशका एक सय ३६ पालिका मध्ये एक सय १२ वटाले मात्रै प्रविष्ट गरेका तथ्याङ्क छ । त्यस्तै बागमतीका एक सय १९ मध्ये एक सय १०, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका एक सय ९ मध्ये एक सय १, कर्णाली प्रदेशका ७९ मध्ये ७७ र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ पालिकाले बजेट ल्याएका छन् । बजेट सभामा पेश गरेका कतिपय पालिकाले पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेको छ । यसैबीच काठमाण्डौ महानगरपालिका र धरान उपमहानगरपािलकासहितका केही पालिकाले हि...
आज छ वटा संसदीय समितिको बैठक बस्दै

आज छ वटा संसदीय समितिको बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं आज (बुधबार) छ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिबृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ । यसका साथै आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल गरिनेछ ।  आज राज्य व्यवस्था तथा सुशासन समितिको ७९औँ बैठक बिहान ११ बजे बस्दैछ । समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्ने भएको छ । दिनको १ बजे बस्ने बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीमा छलफल हुनेछ । आज ...