पानी परेको समय नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक


काठमाण्डौ

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा पानी परेको बेला राति गाडी चलाउन रोक लगाइएको छ । नवलपरासी प्रहरीका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे खुलेको छ । बिनयी खोलामा आउने बाढीमा गाडी फस्ने जोखिमका कारण प्रहरीले पानी परेको बेला यातायात बन्द गरेको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि सार्वजनिक सूचना निकालेर यस सडक खण्डमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएको थियो । यसअघि तीनदिन ठूलो पानी नपरेका कारण गाडी निर्वाध सञ्चालन भएको थियो ।

पानीको सतह घटेपछि बिनयी खोलाको डाइभर्सनबाट पनि अस्ति बुधवारदेखि गाडी गुड्न थालेका थिए । तर पानी पर्न थालेपछि फेरि रातमा गाडी चलाउन रोकिएको प्रहरीको भनाइ छ । ६ महिनाअघि बिनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि त्यसैको केही उत्तरतर्फ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।

राजमार्ग फराकिलो पार्ने क्रममा विनयी खोलामा पक्की पुल बनाएर सकिएको छ । दुई हप्ताअघि पक्की पुलको ढलान भएको थियो । सडक विभागका अनुसार ढलान गरेको चार हप्तापछि त्यसमाथिबाट गाडी गुडाउन मिल्ने भएकोले असार अन्तिमसम्म पुल सञ्चालनमा आउँछ ।

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बीचमा १४ किलोमिटर लामो दाउन्ने सडकमा सबैभन्दा बढी समस्या छ । मोडैमोड र हिलाम्य सडकका कारण यो सडक खण्ड बारम्बार अवरुद्ध भइरहेको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...