Author: संचार पत्र

बर्षाका कारण देशका विभिन्न क्षेत्रमा वाढिपहिराे

बर्षाका कारण देशका विभिन्न क्षेत्रमा वाढिपहिराे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
बुटवल-नारायणगढ सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध बुटवल पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-नारायाणगढ सडक मँगलबार रातीदेखि अवरुद्ध भएको छ । नारायणघाट-बुटवल सडक योजना कार्यालयका अनुसार दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रुपमा अवरुद्ध बनेको हो ।  वर्षाका कारण सडकको केही भाग बगाएको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रुपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ । बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो, २ पुलमा क्षति उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका(४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ(४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ(२ साम्जुङस्थि...
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना...
सिद्धबाबामा पहिरो खस्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबामा पहिरो खस्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते भएका छन् । मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ । दिउँसो ४ बजेतिर एकाएक माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटल तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरी चौकी दोभानका प्रमुख रुम केसीले जानकारी दिए । ...
चिकित्सक आन्दोलन: साँझ सरकारसँग वार्ता, तीन मन्त्री सहभागी हुने

चिकित्सक आन्दोलन: साँझ सरकारसँग वार्ता, तीन मन्त्री सहभागी हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं मुलुकी ऐन र उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका देशभरका चिकित्सकसँग सरकारले संवाद प्रक्रिया थालेको छ। नेपाल चिकित्सक संघको नेतृत्वमा भइरहेका विरोध र सेवाबन्दी चर्किएपछि मंगलबार दिउँसो प्रारम्भिक छलफल गरिएको हो। यद्यपि, औपचारिक वार्ताका लागि संघले स्पष्ट प्रस्तावसहित सरकार समक्ष आउन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी बैठकपछि चिकित्सक संघलाई वार्ताका लागि बोलाइएको थियो। संघको तर्फबाट अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दिप तिवारी, पूर्वअध्यक्ष डा. लोचन कार्की, मेडिकल काउन्सिल अध्यक्ष डा. चोपलाल भुसाल लगायतको उपस्थिति थियो। डा. अनिल कार्कीले औपचारिक आमन्त्रण र मन्त्रिपरिषदको निर्णयसहित वार्ता प्रस्ताव आएमा मात्रै छलफलमा बस्ने स्पष्ट पारे। ‘हामी निर्णय गर्न...
डेढ अर्ब बढी अवैध क्रिप्टो कारोबार गरेको आरोपमा २ भारतीय पक्राउ

डेढ अर्ब बढी अवैध क्रिप्टो कारोबार गरेको आरोपमा २ भारतीय पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनमा भारतीय नागरिकलाई पक्राउ गरी मँगलबार सार्वजनिक गरेको छ ।  १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितपुरको सानेपाबाट सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा भारतीय नागरिक रुपेश कुमार गुप्ता र बिपिन कुमार रहेका छन् । पक्राउ परेकामध्ये गुप्ता भारतको बिहार राज्य मोतिहारीका स्थायी बासिन्दा हुन् भने कुमार पूर्वी चम्पारण, बिजबनीका हुन्। दुवै हाल ललितपुर सानेपामा बसोबास गर्दै आएका थिए । उनीहरुले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डीको समेत कारोबार गरेको पाइएको ब्युरोका सूचना अधिकारी युजराज खड्काले जानकारी दिए । ...
रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, समाचार
रसुवा : बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको विववरण सार्वजनिक भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालबाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन्।  त्यस्तै बेपत्ता हुनेमा हालसम्म २० जना छन्। तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ। यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। माथ...
सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको  छ। गएको तीन घन्टामा बैतडीको सिद्धपुरमा ५१.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै  डोटीको गैरामा ४०.४ मिलिमिटर, जाजरकोटमा ३१.८ मिलिमिटर, रोल्पाको केउर गाउँमा २९.६ मिलिमिटर, बाँकेको नौबस्तामा ३१.८ मिलिमिटर, कैलालीको बलियामा २९ मिलिमिटर, डडेलधुराको साहुखर्कमा २९.२ मिलिमिटर वर्षा भएको छ। अन्यत्र भूभागमा पनि छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्...
भोटेकोशीले बगायो सयौं गाडी र मितेरी पुल तीन प्रहरीसहित १५ जना बेपत्ता

भोटेकोशीले बगायो सयौं गाडी र मितेरी पुल तीन प्रहरीसहित १५ जना बेपत्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाण्डौ रसुवाको भोटेकोशी नदीमा  आएको बाढीमा परी ३ जना प्रहरी सहित १५ जना बेपत्ता भएका छन्। गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।  प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बाढीमा ६ जना नेपाली कामदार,  २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्।  प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए। मितेरी पुल सबै लग्यो। नेपाल चीन सम्पर्कबिच्छेद भएको छ,उनले भने।रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ। अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल-चीन सम्पर्क विच्छेद भएको  पौडेलले बताए । उनले रसुवागढी भन्सार कार्यालयका यार्डमा...
गुल्मीमा भ्रष्टाचारविरुद्ध विद्यार्थी आन्दोलनको घोषणा, अनेरास्ववियु आक्रामक

गुल्मीमा भ्रष्टाचारविरुद्ध विद्यार्थी आन्दोलनको घोषणा, अनेरास्ववियु आक्रामक

Breaking news 3, ताजा अपडेट, राजनीति, विदेश, समाचार, स्थानीय
गुल्मी, असार २३: गुल्मी जिल्लाको रुरु गाउँपालिकामा व्याप्त भ्रष्टाचार, अनियमितता र अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवार कार्यशैलीविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गुल्मीले सशक्त आन्दोलनको घोषणा गरेको छ। अनेरास्ववियु गुल्मीका अध्यक्ष प्रदीप भण्डारीद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, रुरु गाउँपालिकामा भ्रष्टाचारको जालो फैलिएको, पारदर्शिताको अभाव रहेको र प्रमुख प्रशासकीय अधिकृतले सुशासनको बेवास्ता गर्दै गैरजिम्मेवार कार्यहरू गरिरहेको आरोप लगाइएको छ। यसबाट गाउँपालिकामा अनियमितता बढेको र नागरिक अधिकार हनन भएको अनेरास्ववियुको दाबी छ। विशेषगरी, भ्रष्टाचारीविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाउने व्यक्तिहरूलाई बिना प्रमाण प्रहरी कार्यालयमा बोलाएर मानसि...
Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, असार २३: गुल्मी जिल्लाको रुरु गाउँपालिकामा व्याप्त भ्रष्टाचार, अनियमितता र अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवार कार्यशैलीविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गुल्मीले सशक्त आन्दोलनको घोषणा गरेको छ। अनेरास्ववियु गुल्मीका अध्यक्ष प्रदीप भण्डारीद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, रुरु गाउँपालिकामा भ्रष्टाचारको जालो फैलिएको, पारदर्शिताको अभाव रहेको र प्रमुख प्रशासकीय अधिकृतले सुशासनको बेवास्ता गर्दै गैरजिम्मेवार कार्यहरू गरिरहेको आरोप लगाइएको छ। यसबाट गाउँपालिकामा अनियमितता बढेको र नागरिक अधिकार हनन भएको अनेरास्ववियुको दाबी छ। विशेषगरी, भ्रष्टाचारीविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाउने व्यक्तिहरूलाई बिना प्रमाण प्रहरी कार्यालयमा बोलाएर मान...