डेढ अर्ब बढी अवैध क्रिप्टो कारोबार गरेको आरोपमा २ भारतीय पक्राउ


काठमाडौं

अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनमा भारतीय नागरिकलाई पक्राउ गरी मँगलबार सार्वजनिक गरेको छ । 

१ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितपुरको सानेपाबाट सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा भारतीय नागरिक रुपेश कुमार गुप्ता र बिपिन कुमार रहेका छन् । पक्राउ परेकामध्ये गुप्ता भारतको बिहार राज्य मोतिहारीका स्थायी बासिन्दा हुन् भने कुमार पूर्वी चम्पारण, बिजबनीका हुन्। दुवै हाल ललितपुर सानेपामा बसोबास गर्दै आएका थिए ।

उनीहरुले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डीको समेत कारोबार गरेको पाइएको ब्युरोका सूचना अधिकारी युजराज खड्काले जानकारी दिए ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...