भोटेकोशीले बगायो सयौं गाडी र मितेरी पुल तीन प्रहरीसहित १५ जना बेपत्ता


काठमाण्डौ

रसुवाको भोटेकोशी नदीमा  आएको बाढीमा परी ३ जना प्रहरी सहित १५ जना बेपत्ता भएका छन्।

गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। 

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बाढीमा ६ जना नेपाली कामदार,  २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्। 

प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए। मितेरी पुल सबै लग्यो। नेपाल चीन सम्पर्कबिच्छेद भएको छ,उनले भने।रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ।

अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल-चीन सम्पर्क विच्छेद भएको  पौडेलले बताए ।

उनले रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ इभी गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन। त्यसको विवरण संकलन भइरहेको उनले बताए। 

बाढी आउँदा फसेका मानिसहरुको उद्धार भइसकेको पनि उनले बताए। 

केही फसेकाहरू सुरक्षित ठाउँमा छन् उहाँहरूलाई उद्धारका लागि आवश्यक पर्‍यो भने हेलिकप्टर पठाउँछौं। तयारी अवस्थामा छ, प्रजिअ पौडेलले भने। 

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...