भोटेकोशीले बगायो सयौं गाडी र मितेरी पुल तीन प्रहरीसहित १५ जना बेपत्ता


काठमाण्डौ

रसुवाको भोटेकोशी नदीमा  आएको बाढीमा परी ३ जना प्रहरी सहित १५ जना बेपत्ता भएका छन्।

गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। 

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बाढीमा ६ जना नेपाली कामदार,  २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्। 

प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए। मितेरी पुल सबै लग्यो। नेपाल चीन सम्पर्कबिच्छेद भएको छ,उनले भने।रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ।

अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल-चीन सम्पर्क विच्छेद भएको  पौडेलले बताए ।

उनले रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ इभी गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन। त्यसको विवरण संकलन भइरहेको उनले बताए। 

बाढी आउँदा फसेका मानिसहरुको उद्धार भइसकेको पनि उनले बताए। 

केही फसेकाहरू सुरक्षित ठाउँमा छन् उहाँहरूलाई उद्धारका लागि आवश्यक पर्‍यो भने हेलिकप्टर पठाउँछौं। तयारी अवस्थामा छ, प्रजिअ पौडेलले भने। 

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...