Author: संचार पत्र

देशभर मौसम बदली : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ आज पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने भएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार केही ठाउँमा ठूलो वर्षाको सम्भावना पनि छ। यस्तो छ, मौसम महाशाखाले जारी गरेको बुलेटिन: आज दिनमा : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। आज रातमा : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी प...
आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड

आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व बाेकेकाे  दिन। आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ।  श्रावण महिना भगवान् शिवको विशेष महिना समेत भएकाले हिन्दु धर्ममा आस्था राख्नेहरू सोमबार निराहार बसेर शिव लिंगमा जलार्पण गरी भगवान् शिवको विशेष पूजा  अर्चना गर्ने गर्दछन् ।  श्रावण महिना भगवान् शिवको विशेष महिना पनि  हो भने सोमबार शिवजीको प्रिय वार हो । त्यसैले श्रद्धालुहरू व्रत बसेर शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, शिव स्तोत्र जप गर्ने गर्दछन्। खास गरी महिलाहरू हरियो लुगा, चुरा र मेहन्दी लगाएर शिवको व्रत बसी पूजामा सहभागी हुने गर्दछन्।शिव पूजाको धार्मिक र ज्योतिषीय महत्त्वहिन्दु शास्त्रअनुसार साउन महिनामा शिवको आराधना गर्नाले पाप नाश हुनुका साथ...
रूपन्देही-३ उपनिर्वाचन : मनोनयन दर्ता असोज २१ गते

रूपन्देही-३ उपनिर्वाचन : मनोनयन दर्ता असोज २१ गते

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
रूपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। त्यसपछि सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ। उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म गरिनेछ। त्यसपछि उम्मेदवारहरूको नामावली पुनः बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ।उम्मेदवारले नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ। त्यही दिन ...
ट्राफिक प्रहरी कार्यालय बुटवलको वार्षिक कार्यप्रगति प्रशंसनीय

ट्राफिक प्रहरी कार्यालय बुटवलको वार्षिक कार्यप्रगति प्रशंसनीय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आइतबार आर्थिक वर्ष २०८१/०८२ को कार्यप्रगति राम्रो रहेको तथ्याङ्क पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। ट्राफिक कार्यालय बुटवलका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले आफु बुटवलमा आएकाे २ महिनामात्र भएकोले पूर्व कार्यालय प्रमुख श्यामबहादुर खत्रीलाई स्मरण गर्दै कार्यालयले आफ्नो कार्यालयलाई प्रभावकारी बनाई गत आर्थिक वर्षमा १ लाख७० हजार८० सवारी र सवारीचालकलाई कारबाही गरेको बताए । साथै विभिन्न ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका सवारीबाट १७ करोड ८३ लाख ८३ हजार ४ सय १९ जरिवाना बापत वार्षिक रकम संकलन गरेको जानकारी गराए। उनका अनुसार कार्यालयले १५हजार५ सय १७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम गरी ८ लाख३५ हजार ७सय८९ जनालाई प्रशिक्षित गरेको छ। ट्राफिक कार्यालय बुटबलले सवारी साधनको निःशुल्क मेक...
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा...
२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए । गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो । उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले सहानुभूति र ध्यान खिचेको थियो । ...
सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना

सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापर्बाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ। आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटी औँल्याएको हो। आयोगले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन बुझाएसँगै मन्त्रालयले वेबसाइटमार्फत अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सि–चेकका लागि गत साउन ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा पाइलट मनीष शाक्य बाँच्नुभएको थियो। जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा ...
रुरुक्षेत्र गाउँपालिकामा ताला तोडिएको विषयमा नेकपा एमालेको आपत्ति, स्मार्टबोर्ड खरिदमा अनियमितताको आरोप

रुरुक्षेत्र गाउँपालिकामा ताला तोडिएको विषयमा नेकपा एमालेको आपत्ति, स्मार्टबोर्ड खरिदमा अनियमितताको आरोप

Breaking news 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
गुल्मी, १९ साउन गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा स्मार्टबोर्ड खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेकपा एमालेले आन्दोलन चर्काएको छ। गत असार ३० गते एमाले रुरु गाउँ कमिटीले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला शुक्रबार अपराह्न जिल्लास्थित सुरक्षा समितिको पहलमा तोडिएकोप्रति एमालेले कडा आपत्ति जनाएको छ।पार्टीको रुरु गाउँ कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले जारी गरेको विज्ञप्तिमा प्रशासनको आडमा जबरजस्ती ताला तोडिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। "वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्नेमा बल प्रयोग गरिनुले समस्या झनै चर्किने देखिन्छ," विज्ञप्तिमा भनिएको छ। एमालेले गत असार ३० गते उपाध्यक्ष मीनादेवी गौतमसहित २८ जना जनप्रतिनिधिले बुझाएको ज्ञापनपत्रअनुसार स्मार्टबोर्ड खरिदमा भएकोअनियमितताको छानबिन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको ...
भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : प्रचण्ड

भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं नेपाल मतदाता अधिकार मञ्चले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ।प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो। ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गरे । उनले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए। उनले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गरे । मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा ...
कान्ति माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई  अभिमुखिकरण तथा स्वागत

कान्ति माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा विभिन्न विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि शुक्रबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे सभाहलमा अभिमूखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथिकाे मनतव्य राख्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधब बन्जाडेले देशमै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित कान्ति मा वि का विद्यार्थी , शिक्षक र अभिभावक देशका अन्य विद्यालयका लागि प्रेरणाको स्राेत बन्नुपर्ने बताए । विगतका वर्षको तुलनामा याे वर्ष माध्यमिक शिक्षा परिक्षामा रुपन्देहीको शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार हुनुमा यहाँका सामुदायिक विद्यालयकाे शैक्षिक प्रशासन , शिक्षक, विद्यार्थी र अभिभावककाे महत्त्वपूर्ण भुमिका रहेकाे बताए ।कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष जीवन प्रसाद ओझाले...