Author: संचार पत्र

बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन मुख्यमन्त्री आचार्यको आग्रह

बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन मुख्यमन्त्री आचार्यको आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
नवलपरासी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह गरे ।  पश्चिम नवलपरासीको सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको ५० शय्याको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नागरिकलाई सहज र सर्वसुल्भ सेवाका लागि जटिल तथा हुनै नसक्ने उपचारबाहेक सबै सेवा अस्पतालबाटै प्रवाह गर्न आग्रह गरे ।  उनले भने, “यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ । जो बाहिर गएर उपचार गराउन आर्थिक रुपमा असमर्थ हुनुहुन्छ । त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गर्दै अस्पताललाई सेवा प्रवाहमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकदमी लिएको छ ।” जिल्ला अस्पतालका रुपमा रहेको पृथ्वी चन्द्र अस्पताललाई विकास तथा सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट कुनै पनि कमी न...
आज तराईका केही स्थानमा वर्षा र हुरीको सम्भावना

आज तराईका केही स्थानमा वर्षा र हुरीको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार, आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ। आज रातमा: कोसी प्रदेशका पहाड र तराई भूभागलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी...
कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा उल्लेख गरेको छ । विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट रु. ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ रु. ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ रु. २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा रु. ४ करोड ८३ लाख २५ हजार ८...
बुटवलका मालपोत अधिकृत नक्कली लालपुर्जा प्रकरणमा पक्राउ

बुटवलका मालपोत अधिकृत नक्कली लालपुर्जा प्रकरणमा पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल नकली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन्। घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्रोतका अनुसार उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ। ...
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाको स्थलगत अवलोकन

अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाको स्थलगत अवलोकन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज
बुटवल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् । उनले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैयाको नगर अस्पतालको पनि अवलोकन गरेका छन् । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न लागिएको हो ।  अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । यो अस्पतालको शिलान्यास २०७७ सालमा अर्थमन्त्री पौडेलले नै गरेका थिए । ...
सुख्खाले मारमा परेका कृषकसँग भेट गर्दै छु : प्रधानमन्त्री

सुख्खाले मारमा परेका कृषकसँग भेट गर्दै छु : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मधेका कृषकसँग भेटघाट गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले बारा र पर्सामा आज तय गरिएको आफ्नो भ्रमण बारे जानकारी गराउँदै त्यहाँका किसानहरुसँग भेट गर्ने बताएका हुन् ।  ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ ।’ प्रधानमन्त्री ओलीले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरि प्रधानमन्त्रीले जनकपुर-कुर्था...
कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा मात्र वर्षाको सम्भावना

कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा मात्र वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानह...
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् विधेयक

राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् विधेयक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मा फिर्ता पठाएका छन् । राष्ट्रपतिले विधेयकमाथि पुनर्विचार गर्नका लागि फिर्ता पठाएका हुन् ।  राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल नभएको भन्दै प्रतिनिधिसभामा पुनर्विचारका लागि फिर्ता पठाएका हुन् । विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपतिकहाँ पठाएका थिए ।'विधेयक संविधानको मर्म, भावना, लोकतान्त्रिक मूल्य मान्यता एवं विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाउनुभएको हो,' राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले इकान्तिप...
लुम्बिनी प्रदेशका एक बर्षे उपलब्धि मुख्यमन्त्री आचार्यद्वारा सार्वजनिक

लुम्बिनी प्रदेशका एक बर्षे उपलब्धि मुख्यमन्त्री आचार्यद्वारा सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको बताए । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भने–‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’ उनका अनुसार चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ, जसब...
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार ९आज० अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्ने कार्यसूचीमा रहेको छ। ...