गुल्मीका शिक्षा प्रेमी पन्थीको नाममा हुलाक टिकट जारी
गुल्मी
गुल्मीका एक शिक्षा प्रेमी ब्यक्तिको आज देखि हुलाक टिकट जारी भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ रजस्थलका स्वर्गिय पण्डित ऋषिराम पन्थीकाे नामबाट १० रुपैयाँको हुलाक टिकट जारी भएको हो ।
काठमाडौं बबरमहलस्थित हुलाक सेवा विभागको सभाहलमा आयोजित बिशेष समारोहमा उनी सहित तीन जना शिक्षा विद र विभिन्न स्थान गरि कुल १४ वटा टिकटमा सुचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाई आज देखि जारी गरिएको हो।नेपाल हुलाक सेवा विभागद्वारा शिक्षा-प्रेमी स्वर्गिय पं. ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट जारी गरेकाे छ।नेपाल हुलाक सेवा विभाग, केन्द्रीय कार्यालय बबरमहल काठमाडौंद्वारा गुल्मीका एक शिक्षाप्रेमी व्यक्तित्व स्वर्गीय पण्डित ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट प्रकाशित गरिएको छ।यो सम्मान पाउने उनी नेपालको हुलाक टिकटमा पहिलोपटक अङ्कित हुने व्यक्ति बन्न सफल भएका छन्...








