सगरमाथा लगायतका क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो
काठमाडौंसगरमाथा क्षेत्रबाट विनाशकारी हिमबाभढी आउने जोखिम बढ्दै गएको विज्ञहरुले जनाएका छन् । सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष आएको हिमबाढीको अध्ययनबाट विज्ञहरुले यो निष्कर्ष निकालेका हुन् ।
अध्ययनबाट सोलुखुम्बुको थामे क्षेत्रमा आएको हिम बाढी (ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) ‘जटिल प्रकारको भू-आकृतिको श्रृंखला’मा जलवायु परिवर्तनले गरेको असरका कारण विनाशकारी बनेको निष्कर्ष निकालिएको छ ।अध्ययनले दुधकोसी नदी बेसिन र सगरमाथा क्षेत्रलाई ‘हिमताल फुट्ने बाढीका लागि अति संवेदनशील क्षेत्र’ भनेर किटान समेत गरेको छ, जहाँ पछिल्ला ५० वर्षभित्र पाँच ठूला हिमताल विष्फोटका कारण विनासकारी बाढीका घटना भइसकेका छन्तीमध्ये थामेको बाढी पनि एक थियो । यसैगरी गत असार २४ गते बिहान तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोला हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पनि हिमताल फुटेकै कारण आएको विज्ञहरु...








