Author: संचार पत्र

निवार्चन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दल (सूचीसहित)

निवार्चन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दल (सूचीसहित)

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता भएका दलको सूची सार्वजनिक गरेको छ । सरकारले फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेपछि पुराना दलले आयोगमा अद्यावधिक गरेका हुन् । केही नयाँ दलसमेत दर्ता भएका छन् । अहिले दर्जनौँ पार्टी निर्वाचन आयोगमा दर्ता नगरी आफना वैचारिक राजनीतिक काम गरिरहेका छन् । धेरैले दल दर्ताका लागि निवेदन दिएका छन्, दर्जनौं दल दर्ता हुने गृहकार्यमा छन्। तिनीहरूको विवरण भने यहाँ उल्लेख छैन।निर्वाचन आयोगमा अद्यावधिक भएका दल १. नेपाल मजदुर किसान पार्टी २. नेकपा (माले) ३. गान्धीवादी पार्टी नेपाल ४. नागरिक शक्ति, नेपाल ५. युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी ६. चुरेभावर लोकतान्त्रिक पार्टी ७. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ८. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल ९. नेपाल समावेशी पार्टी १०. राष्ट्रिय एकता पार्टी प्रजातन्...
ठुलाचेक्मीमा तिहारको भैलो : संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश

ठुलाचेक्मीमा तिहारको भैलो : संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
रेसुङ्गा नगरपालिका वडा नं. ६, ठुलाचेक्मीका संस्कृतिप्रेमी युवाहरूले तिहारको अवसरमा आयोजित भैलो कार्यक्रमले परम्परा र सामाजिक उत्तरदायित्वको सुन्दर सङ्गम प्रस्तुत गरेको छ। परम्परागत संस्कृतिको जगेर्ना र स्थानीय मरासिनी कुलायन मन्दिरको संरक्षण गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले गाउँबस्तीमा उत्साह र एकताको सन्देश फैलाएको छ।विभिन्न टोलका करिब एक दर्जन स्थानमा सञ्चालित भैलोबाट एक लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ। सङ्कलित रकमको केही प्रतिशत मन्दिरको संरक्षण र व्यवस्थापनका लागि दान गरिने आयोजक प्रतिनिधि कृष्ण मरासिनीले बताउनुभयो। करिब ५० जना युवाहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यो भैलो कार्यक्रमले पछिल्लो पुस्ताको संस्कृतिप्रति समर्पण र सामाजिक जागरूकतालाई उजागर गरेको छ।आधुनिकताको प्रभावमा परम्परा र संस्कृति लोप हुँदै गएको चिन्ताबीच ठुलाचेक्मीका युवाहरूको यो प्रयास प्रशंसनीय ...
स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, 'स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ ।' पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए । ...
लुटपाट ,तोडफोड र आगजनीमा संलग्न १३२ जना उपत्यका बाट पक्राउ

लुटपाट ,तोडफोड र आगजनीमा संलग्न १३२ जना उपत्यका बाट पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी तथा लुटपाट गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन थालेको छ । आन्दोलन भएयता अहिलेसम्म उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर)बाट मात्रै १३२ जना व्यक्ति पक्राउ परेका छन् । कर्तव्य ज्यानदेखि लुटपाट, हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मको कसुरका व्यक्तिहरू पक्राउ परेर कारबाहीको प्रक्रियामा रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म काठमाडौंबाट ९८ जना पक्राउ परेका छन् । विभिन्न कसुरका उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । उनका अनुसार अनुसन्धान सकेर अदालत पेश भएका मध्ये ६ जना त पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन् । जसमध्ये ४ जना प्रहरी हत्यामा पक्राउ परेकाहरू छन् । २ जना भने आपराधिक उपद्रव कसुरका व्यक्ति रहेको एसपी ...
टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा

टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं संघीय संसद् सचिवालयका छ जना अधिकारीहरू दुई छुट्टाछुट्टै टोली बनाएर स्विट्जरल्याण्डको जेनेभा भ्रमणमा गएको विषय अर्थ मन्त्रालयको जानकारीमा आएको छ । गत असोज ३० गते राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५१औं सम्मेलनमा सहभागी हुन जेनेभा गएका थिए । उनीसँगै राष्ट्रिय सभाका सदस्य गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) पनि सो भ्रमण टोलीमा सहभागी रहेका थिए । सोही कार्यक्रममा भाग लिन सचिवालयका कर्मचारीहरूको अर्को टोली पनि गठन गरिएको थियो । उक्त टोलीमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सचिव डा. रोजनाथ पाण्डे र सहसचिव बबिता मिश्र रहेका छन् । दुवै टोली जेनेभा प्रस्थान गर्नु अघि सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले विज्ञप्ति जारी गर्दै भ्रमण सम्बन्धी जानकारी दिएका थिए । उक्त विज्ञप्तिमा राष्ट्रिय सभाका अध्यक्ष दाहाल र सदस्...
बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौँआर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल ३ सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्र...
तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाण्डौ यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराइमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । ...
आजको मौसम पुर्वानुमान: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम पुर्वानुमान: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।आज राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । ...
राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष केसीको निधन

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष केसीको निधन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
रूपन्देहीराष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टान बहादुर केसीको निधन भएको छ। घरमै तिहार मनाई रहेका केसीको आज ह्दयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ। तिहारको टिका लगाए पछि घरमै दिदी बहिनी सँग नाच गान गरेका केसी अचानक बेहोस भएका थिए। घरमा नाचगान भइरहेको थियो अचानक ढल्नु भयो उपचारका लागी ल्याउँदा ल्याउँदै निधन भयो पारिवारिक श्रोतले भन्यो।जनमोर्चा निकट प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले घरमा बेहोस भएर लडेका केसीलाई उपचारका लागि बुटवलको बुटवल अस्पताल प्रालिमा ल्याइएको थियो। अस्पताल ल्याई पुर्‍याएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अर्घाखाँची जन्मेका केसी पछिल्लो २५ वर्ष यता बुटवल उपमहानगरपालिका वडा नं १९ नहरपुरमा बसोबास गर्दै आएका थिए। ५१ वर्षीय केसीका श्रीमती र ३ छोरा छन्। केसीको शुक्रवार बिहान अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ। ...
जेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका

जेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनको क्रममा शहीद भएकाहरूको सम्झना गर्दै काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ। जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको कार्यक्रम गरिएको हो।कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर स्मरण गरे।