Tag: narayanprabhat

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
१५ वैशाख, काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए ।आजदेखि शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना गर्न अनुरोध गर्दछौं,’ उनले भने, ‘पठनपाठन भने २१ गतेबाट हुन्छ ।’ यसअघि २ वैशाखबाट भर्ना हुने गरेको थियो । तर पेट्रोलियम पदार्थ आपूर्तिको असहजता देखाउँदै शैक्षिकसत्र सारिएको भए पनि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गरिरहेका छन् । ...
बुटवल महामेलाको चौथो दिनमुख्य आकर्षक कुलेन्द्र र कला लम्साल

बुटवल महामेलाको चौथो दिनमुख्य आकर्षक कुलेन्द्र र कला लम्साल

गित संगित, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटवल ।बुटवल महामेला -२०८२ संचालनको आज चौथो दिन हो । चैत्र १ गते बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले समुद्घाटन गरि मेला औपचारिक रुपमा संचालन भएको हो । चैत्र २ गतेको हावाहुरीले केही भौतिक क्षेती भएको थियो । भौतिक संरचना पुनः निर्माण तथा मर्मत पछि मेला चैत्र ३ गतेनै संचालन भएको संयोजक गोबिन्द प्रसाद भुसालले बताए । चैत्र २ गतेको हावाहुरीले भौतिक संरचनमा क्षेती पुर्यायो । पुर्ण क्षेतिको पुनः निर्माण हुँदै छ,आंशिक क्षेती ममर्त भै सकेको भुसालले बताए ।मेलाको आज चौथो दिन हो । मुख्य आकर्षक चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा र गायिका कला लम्सालको प्रस्तुति रहने सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए । साथै हास्यकलाकार 'माइला बा ' ,लोक गायिका शिला गुरुङ ,गायक दिपेन्द्र पाण्डे ,टप सोनी डान्स ग्रुप, जेडिसी डान्स स्तुडियोको प्रस्तुति रहने न्यौपानेले बताए ।मेला चैत्र १ देखि २४ गते...
खट्किएको कुरा ! बदलिएको मानसिकता र हाम्रो कार्यभार !!

खट्किएको कुरा ! बदलिएको मानसिकता र हाम्रो कार्यभार !!

Breaking news 2, ताजा अपडेट, राजनीति, लेख रचना, विविध, सम्पादकिय
के राजनीतिको तत्त्व सकिएकै हो त ?त्यसो भए ! राजनीतिमा तत्त्व भनेको के हो ?राजनीतिमा मुख्य रुपमा तत्त्व भनेको दार्शनिक पक्ष हो । दार्शनिक पक्ष भनेको जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोण हो । जीवन जगतलाई हेर्ने दृष्टिकोण मात्र होइन तदअनुरुप आफुलाइ बदल्ने कठिन साधना पनि हो । जीवन र जगतलाइ कुन दृष्टिकोणबाट हेरिन्छ, त्यसको सापेक्षता धारणा बनेको हुन्छ ।ब्रह्माण्डको उत्पत्तिको मुलश्रोत के हो भन्ने बारेमा आफ्नो धारणा र चेतनाको आधारमा दृष्टिकोण निर्माण हुन्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण बिज्ञानमा आधारित भएन भने दार्शनिक पक्ष कमजोर हुन्छ । अनि सामान्य र आफ्नो मात्र अनुकुलता वा प्रतिकुलताको आधारमा आफुलाइ केन्द्रमा राखेर धारणा बनाउछ । यो एक किसिमको सतही तदर्थवाद र अवसरवाद पनि हो । अहिलेको राजनीति यही मनोबैज्ञानिकमा आधारित भएर चलेको छ । जो घातक छ । दार्शनिक रुपमा च्युत भएको राजनीतिले क्षेणिक र...
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको मानिन्छ । १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउ...
आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आज विश्व जनसङ्ख्या दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौं वर्ष लाग्यो भने त्यसपछिको दुई सय वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो zहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । गएको समयको तुलनामा अहिलेको आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ...
गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, धुर्कोट — धुर्कोट गाउँपालिका क्षेत्रको बर्बोट–काफलपानी–निन्दुला–किमुखर्क–वाग्ला जोड्ने महत्वपूर्ण ग्रामीण सडक खण्ड पहिरोका कारण केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर वर्षाले विभिन्न स्थानमा ठूला पहिरो खस्दा आवागमन ठप्प भएको हो। तर हाल स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको सहकार्यमा पहिरो हटाइ पुनः सडक सञ्चालनमा ल्याइएको नगर प्रहरी प्रमुख भुवन बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो पन्छाउने कार्यमा सक्रिय सहभागिता जनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरिएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ। प्रमुख बस्नेतले बर्खायाममा थप सतर्कता अपनाउन आग्रह गर्दै सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। उक्त सडक खण्डले धुर्कोट गाउँपालिकाका विभिन्न वडालाई आपसमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको पुनः सञ्चाल...
ओशो ध्यान शिविर सम्पन्न, सहभागिहरू सन्तुष्ट

ओशो ध्यान शिविर सम्पन्न, सहभागिहरू सन्तुष्ट

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
बुटबल ०६ बैशाख -तिलोत्तमा नगरपालिकायोगिकुटीमा ओशो सम्बोधि संघको आयोजनामा बैशाख ६ गते शनिबार एक दिवसीय ओशो ध्यान शिविर सफलतापूर्वक सम्पन्न भयो। बिहान ६:३० बजेबाट सुरु भई साँझ ७ बजे सम्म सञ्चालन गरिएको उक्त शिविरमा विभिन्न ध्यान विधिहरू अभ्यास गराइयो, जसले चञ्चलता, तनाव, छटपटी, रिस, अनिद्रा, डरजस्ता मानसिक अवस्थाहरूलाई कम गर्दै शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक रूपले सन्तुलनमा ल्याउने लक्ष्य राखिएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा ध्यानप्रेमीहरूको सहभागिता रहेको थियो। योगिकुटीबाट सहभागी हुनुभएकी बसन्ती भट्टराईले भन्नुभयो, “मैले यस ध्यान शिविरमार्फत धेरै नयाँ कुरा सिक्न पाएँ, जुन मेरो आत्मिक शान्तिका लागि धेरै उपयोगी भएको छ।” त्यस्तै अर्घाखाँचीबाट आउनुभएकी रमा पाण्डेले ध्यान अभ्यासले आफ्नो मन हलुका र शान्त महसुस भएको बताउँदै कार्यक्रमको प्रशंसा गर्नुभयो। बुटवल दीपनगरबाट...
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा एक सय ४३ जनाले ज्यान गुमाएका छन् । अझै धेरैजना बेपत्ता रहेका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो । केही व्यक्तिको आगोमा जलेर र केहीको डुबेर ज्यान गएको पुष्टि भएको छ । डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ ।  ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

Breaking news 1, अपराध, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता एवम् भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । राप्रपा सांसद राजेन्द्र लिङदेन संयोजकत्वको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदिप अधिकारीसहित विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मका संलग्न नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूलाई निलम्बन गर्न पनि सिफारिश गरेको छ । उपसमितिले अधिकारीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, आयोजनाका इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर बाबुराम पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलमाथि भ्रष्टाच...
आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह

आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डौ – स्थानीय वायुको प्रभाव रहेकाले आज धेरै ठाउँको मौसम बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा बिहानपख हल्का वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । दिउँसो मधेश प्रदेशबाहेक अरु सबै प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुइ ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि पानी पार्ने नयाँ प्रणाली भित्रिन सक्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताउनुभयो । ...