गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा


गुल्मी, धुर्कोट — धुर्कोट गाउँपालिका क्षेत्रको बर्बोट–काफलपानी–निन्दुला–किमुखर्क–वाग्ला जोड्ने महत्वपूर्ण ग्रामीण सडक खण्ड पहिरोका कारण केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर वर्षाले विभिन्न स्थानमा ठूला पहिरो खस्दा आवागमन ठप्प भएको हो।

तर हाल स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको सहकार्यमा पहिरो हटाइ पुनः सडक सञ्चालनमा ल्याइएको नगर प्रहरी प्रमुख भुवन बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो पन्छाउने कार्यमा सक्रिय सहभागिता जनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरिएको छ।

सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ। प्रमुख बस्नेतले बर्खायाममा थप सतर्कता अपनाउन आग्रह गर्दै सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

उक्त सडक खण्डले धुर्कोट गाउँपालिकाका विभिन्न वडालाई आपसमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको पुनः सञ्चालनले सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाएको छ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...