मरासिनी बन्धुहरुको भेला बुटबल सम्पन्न
बुटबल रुपन्देहीगुल्मी र अर्घाखाँचीबाट बसाईसराई गरि रुपन्देही आसपासको क्षेत्रमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने धनञ्जय गोत्रिय मरासिनी दाजुभाई तथा दिदीबहिनीहरूको भेला शनिबार बुटबलमा सम्पन्न भएको छ । गुल्मी अर्घाखाँचीका विभिन्न स्थानबाट बसाइसराई गरि बुटबल आसपासमा बसोबास गर्ने धनञ्जय गोत्रीय मरासिनीहरु सबै एकीकृत भई आफ्ना परम्परा, आदर्श, सिद्धान्त, संस्कार प्रति एकाकार भई भाईचाराको सम्बन्ध कायम राख्नका लागि भेला आयोजना गरिएको गिरी प्रसाद मरासिनीले बताउनु भएको छभेलामा विशेषगरी गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड ६ चेक्मी, अत्तरकाडा ,बालकाटे वार्ड न ५ को भुवनपानी तम्घास आसपास ,अर्घाखाँचीे छत्रदेव आमकाटे , ढिकुरा, बामरुक लगायतका क्षेत्रका मरासिनी बन्धुहरूको उपस्थिति रहेको थियो ।“मानवले यस संसारमा जन्म लिएपछि र्सवप्रथम आफूलाई नै चिन्नु पर्दछ । संक्षेपमा आफ्नो परिचय भनेको आफू जन्मेको स्था...








