
श्रीराम ज्ञवाली
बुटबल
लायन्स क्लब अफ बुटवल सिद्धार्थले ८ औं संविधान दिवसको अवशरमा दीपावली कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लबले दिवसको उपलक्ष्यमा सन्ध्याकालीन समयमा बसपार्क पछाडि होटल सम्मानमा आफनो तेस्रो नियमित बैठक तथा दिपावली कार्यक्रम गरेको हो । डिष्ट्रिक्ट ३२५ पि. नेपालका भिडिजन सेकेण्ड लायन पुरुषोत्तम प्रधानाङ्गको प्रमुख अतिथिमा रहेको कार्यक्रममा क्लबका गाइडिङ्ग लाइन लायन रोमनाथ ढकाल, संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, आइ.पी.पी. लायन भोजराज पोखेल, भिपी थर्ड लायन राजु भारी, सचिव दिनेशमणि सुवेदी, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा शुद्धोधनका अध्यक्ष रमेश गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष लायन ओमबहादुर थापाको अध्यक्षता ,लायन सुन्दर श्रेष्ठको संचालन, लायन नारायण विक्रम कुँवरको स्वागत मन्तव्य तथा क्लबका अध्यक्ष ओम थापाले धन्यवाद ज्ञापन गरेका थिए ।