Tag: narayanprabhat

वृद्धाश्रममा सेवा: प्रेरणादायी उदाहरण

वृद्धाश्रममा सेवा: प्रेरणादायी उदाहरण

जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
फागुन, २३ रुपन्देही बुटबल मैनाबगरमा रहेको दुर्गा भवानी शिवकुमारी शैजु वृद्धाश्रम, पाका पुस्ता तल्लो फुलबारी मा बसोबास गर्ने जेष्ठ नागरिकहरूका लागि जन्मदिन विशेष सेवा प्रदान गरिएको छ। मालारानी गाउँपालिका–४, अर्घाखाँची घर भई हाल बुटवलमा बसोबास गर्दै आउनुभएका प्रीतम खनाल ले आफ्नी छोरी दृष्टि खनाल को जन्मदिनको अवसरमा आफ्ना दिवंगत पिता नीमप्रसाद खनाल को स्मृतिमा वृद्धाश्रमका १२ जना आमाबुवाहरूलाई भोजन गराएर सेवा गर्नुभएको छ। जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्ने यो उदाहरणीय कार्यलाई उहाँकी श्रीमती पुष्पा खनाल ले पनि विशेष अर्थपूर्ण बनाउँदै जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो असहाय, गरिब र वृद्धवृद्धालाई सेवा गर्नु नै सच्चा मानवता भएको बताउनुभयो।पछिल्लो समय जन्मदिन तथा अन्य विशेष अवसरहरूलाई परोपकारी कार्यमा समर्पित गर्ने चलन बढ्दै गएको छ। समाजमा परोपकार, सेवा र सहानुभूतिका भावन...
सुशासनका लागि नझुक्ने बालेनकाे चेतावनी

सुशासनका लागि नझुक्ने बालेनकाे चेतावनी

ताजा अपडेट, विविध, समाचार
काठमाडाैँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फेरि केपी शर्मा ओली सरकारको आलोचना गरेका छन् । पछिल्लोपटक महानगरमा प्रमुख कार्यकारी अधिकृत नपठाएको भन्दै बालेन ओली सरकारमाथि बर्सिरहेका छन् । र संघीय सरकारमा भने बालेनले प्रमुख कार्यकारी टिक्न नदिएको भनिरहेको छ । यस विषयमा पनि बालेनले ओली सरकारलाई जवाफ फर्काएका छन् । सोमबार अपराह्न सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले आफ्नो कार्यकालमा चारवटा प्रमुख कार्यकारी अधिकृत आएको बताएका छन् । उनले तीमध्ये दुई जनालाई सरकारले महानगरलाई जानकारी नै नदिई हटाएको र दुई जनालाई भ्रष्टाचार गरेको भनी हटाएको बताएका छन् ।  बालेनले भनेका छन्, ‘सरकारले आफू मातहतका एक जना कर्मचारीलाई आवश्यकताअनुसार काममा लगाउन सक्ने रैनछ भन्ने त यहाँबाट नै पुष्टि भयो । अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि...
लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
६ फागुन,बुटवल । लुम्बिनीको मन्त्रिपरिषद् बैठकले बुटवलको उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रदेश सरकारको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि तीन करोड बजेट विनियोजन गरेको थियो । अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइनेछ । यसअघि, सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो । रंगशाला निर्माण स्थल वन क्षेत्रमा पर्ने भएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले गत असोज १८ गते वन क्षेत्र प्रयोग गर्ने स्वीकृति प्रदान गरेको...
प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा नारायण प्रभात मरासिनी

प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा नारायण प्रभात मरासिनी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गोकर्ण पाण्डे गुल्मी प्रेस चौतारी नेपाल गुल्मी को अध्यक्षमा नारायण प्रभात मरासिनी सर्वसम्मत निर्वाचित भएका छन् । बिहिबार सम्पन्न १०औं जिल्ला अधिवेशनले झण्डै डेढ दशक देखि पत्रकारिता गरिरहेका संचार पत्रका प्रधान सम्पादक समेत रहेका मरासिनीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा अर्जुन भण्डारी, महिला उपाध्यक्षमा अम्बिका आचार्य, सचिवमा सूर्य सुनार, सह-सचिवमा गोकर्ण पाण्डे,महिला सह सचिवमा स्नेहा नेपाली र कोषाध्यक्षमा विष्णु पाण्डे( कोसिस) निर्वाचित भएका हुन् । यस्तै, सदस्यहरूमा रामकृष्ण कँडेल, सज्जन ढकाल,लक्ष्मण सुनार, चिरञ्जीवी ज्ञवाली निर्वाचित भएका छन् । अधिवेशनले ज्ञानबहादुर महतरा र गगनशिला खड्का लाई केन्द्रीय प्रतिनिधि, लोकप्रसाद छन्त्याल, गंगा खड्का प्रदेश प्रतिनिधिमा चयन गरेको छ । ...
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश

रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१३ माघ, काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने बताएका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता ...
रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए

रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए

Breaking news 1, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा युवा र युवती मृत भेटिएका छन् । १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार लोकेन्द्रले चार दिन अघि सपनालाई विवाह गर्ने भन्दै भगाएर आफ्नो घर ल्याएका थिए । आज बिहान ९ बजे लोकेन्द्रको घरको अस्थायी टहरामा दुवै जनाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुइँमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार लोकेन्द्रका बुबा र आमा उपचारका लागि नेपालगञ्ज गएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालिएको र परिवारको उपस्थितीपछि मात्रै शव उठाउने बताएको छ ।  ...
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने

रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ । बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।पीडितका तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भने भोलि मात्रै बहस गर्नेछन् । ...
प्रधानमन्त्री ओलि भोली विभिन्न कार्यक्रममा सहभागी हुन बुटबल आउदै

प्रधानमन्त्री ओलि भोली विभिन्न कार्यक्रममा सहभागी हुन बुटबल आउदै

Breaking news 1, ताजा अपडेट, समाचार
बुटवल । रुपन्देहि र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भोली शुक्रबार बुटवल आउँदै हुनुन्छ ।  यस क्रममा उनले बुटवल-चन्द्रौटा-गोरुसिंगे चार लेन सडक बिस्तारको शिलान्यास गर्नु हुने छ भने बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबामा निर्माणाधिन सुरुङमार्गको ब्रेक थ्रू गर्ने कार्यक्रम रहेकोछ । सिद्धबाबा सुरुङमार्ग  एक हजार १२६ मिटर लामो सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँको लागतमा सूरु गरेको काम ०८३ सालमा सम्पन्न हुने छ। २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्। भने मुख्य सुरूङ सुक्रवार प्रधानमन्त्रीको उपस्थीतीमा ब्रेक थ्रु हुन...
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
१० माघ, काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ ।मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठ...
निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी

निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी

Breaking news 3, ताजा अपडेट, विविध, समाचार, स्थानीय
रुपन्देही १० । नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको ११ औं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशन ले केशौराज मरासिनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्ष खुल्लामा जनकराज जोशी, महिला उपाध्यक्षमा अन्जनी पन्थी, सचिवमा दिपक पाण्डे, सहसचिवमा नारायण फुल्लेल कोषाध्यक्षमा विजय पौडेल र सदस्यहरुमा मायाकुमारी नेपाली, सन्जुदेवी आचार्य, कमला काफ्ले, किरण गुरुङ, त्रिपुरारी चाई, अमृत आचार्य, श्यामसुन्दर केवट निर्वाचित भएका छन् । कार्यक्रममा संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले राष्ट्रसेवक कर्मचारीले आफ्ना अधिकारसँगै जनताका सेवालाई समयमै उपलब्ध गराउने विषयमा सचेत हुनुपर्ने बताए । उनले जिल्लाका सबै क्षेत्रमा रहेका निजामती कर्मचारीहरु संगठित रुपमा अघि बढ्नुपर्ने र सेवालाई पनि चुस्त पार्नुपर्ने बताए । कार्यक्रममा नेपाल निजामती कर्मचार...