प्रधानमन्त्री ओलि भोली विभिन्न कार्यक्रममा सहभागी हुन बुटबल आउदै


बुटवल । रुपन्देहि र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भोली शुक्रबार बुटवल आउँदै हुनुन्छ ।

 यस क्रममा उनले बुटवल-चन्द्रौटा-गोरुसिंगे चार लेन सडक बिस्तारको शिलान्यास गर्नु हुने छ भने बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबामा निर्माणाधिन सुरुङमार्गको ब्रेक थ्रू गर्ने कार्यक्रम रहेकोछ । सिद्धबाबा सुरुङमार्ग  एक हजार १२६ मिटर लामो सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँको लागतमा सूरु गरेको काम ०८३ सालमा सम्पन्न हुने छ। २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्। भने मुख्य सुरूङ सुक्रवार प्रधानमन्त्रीको उपस्थीतीमा ब्रेक थ्रु हुने छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङ मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा छ । शुक्रबार सुरूङमार्गको ब्रेक थ्रु उत्सव लगत्तै प्रधानमन्त्री ओली बुटवल गोरुसिंगे सडक सिलान्यास गर्ने कार्यक्रममा सहभागी हुनु हुने छ ।

बुटवल गोरुसिंगे सडक आयोजनाका अनुसार भोलि दिउँसो २.३० बजे बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित सडक स्तरोन्नती सिलान्यास कार्यक्रममा सहभागी हुनु हुने छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली शुक्रवार पाल्पा जिल्लाका ३ वटा कार्यक्रम र रुपन्देही जिल्लाका १ वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताउनु भयो । प्रधानमन्त्री ओलीले सुक्रबार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने त्यहाँबाट हेलिकप्टर मार्फत बिहान १२ः१५ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आईपुग्ने  र पाल्पा तिनाउ गाउपालिकाको दोभानमा नव निर्मित तिनाउ गाउपालिकाको प्रशासकीय भवन समुद्घाटन गर्ने कार्यक्रम तय छ । ओलीले तिनाउ गाउपालिकाको भवन उद्घाटन गरेपछि त्यहा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने र सिद्धार्थ राजमार्गको सिद्धवावामा निर्मित सूरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बिशेष सहभागिता जनाउनु हुने छ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...