Tag: onlinenews

गुल्मीमा घरभित्र हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव भेटियो

गुल्मीमा घरभित्र हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव भेटियो

Breaking news 1, स्थानीय
गुल्मी : गुल्मीमा एक महिलाको संकास्पद शव भेटिएको छ। मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको शव घरभित्रै खुट्टा बाँधेको अवस्थामा भेटिएपछि उनको हत्या गरेको आशंका गरिएको छ। वडा ७ का वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट अन्य टोली पनि अनुसन्धानका लागि आउँदैछ। शेरचन अविवाहित हुन्। वामिटक्सार र मध्य पाहडि लोक मार्ग जोड्ने हाडिखोलाको पुलवारिको पहिलो घरमा होटल चलाएर उनी एक्लै बस्थिन्। जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाटले ती महिलाको शव हात–खुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए। घटना स्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ। ...
म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन

म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन

Breaking news 3, ताजा अपडेट
६ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेका ‘ओभर द टप’ (ओटीटी) अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन तथा भिडियो सेवा प्रदान गर्ने एप्लिकेसनको नियमनबारे अध्ययन थालेको छ । दूरसञ्चार प्राधिकरणका निर्देशक अमर स्थापितको नेतृत्वमा बनेको कार्यदलले ओटीटीको नियमनको आवश्यकता, विधि र अन्तर्राष्ट्रिय अभ्यासबारे अध्ययन थालेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।‘नियमन नगर्दा ओटीटीमार्फत ठगी र विभिन्न आपराधिक तथा गैरकानुनी काम भइरहेका छन्,’ उनले भने,’त्यसैले नियमनका लागि के गर्न सकिन्छ भन्नेबारे कार्यदलले प्रतिवेदन दिनेछ ।’महालेखा परीक्षकको कार्यालयले पटक- पटक ‘ओभर द टप’मार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजस्व असुल्ने व्यवस्था गर्न सुझाव दिंदै आएको थियो । भाइबर, फेसबूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, विच्याट, इमो जस्ता एप्लिकेसनहरु...
गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।

गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।

ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान आसन्न सँघिय र प्रदेश निर्वाचनका लागि नेकपा एमाले निर्वाचन क्षेत्र न १ गुल्मीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ । तम्घासमा बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेकपा एमालेका उपमहासचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले सामा भौतिक पुर्वाधार लाई अबका दुईवर्ष भित्र पूरा गरिने र ठुला विकास आयाेजनाहरु पाँच वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । प्रतिबद्धता पत्रमा भनिएकाे छ मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट समृद्ध गुल्मी निर्माणको सङ्कल्पका साथ यहाँहरूसामु उपस्थित भएकाे र यस निर्वाचनमा हामीले गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव, पूर्व परराष्ट्र मन्त्री, नेपालको शान्ति प्रक्रियाका महत्वपूर्ण अगुवा एवं विचार, विक...
स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक ज्ञवाली एमालेमा फर्किए

स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक ज्ञवाली एमालेमा फर्किए

Breaking news 2, स्थानीय
बुटबलरवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् । एक बक्तव्य मार्फत नेकपा एमालेमा प्रवेश गरेको जनाएका ज्ञवालीले विगतको आफ्नो ईतिहास सम्झिँदै लेखेका छन । म विद्यार्थी जिवनकाल देखि नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेको शसक्त भातृसंगठन अनेरास्ववियुबाट राजनितिक यात्रा सुरु गर्दै ज्ञवा माध्यमिक विध्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष ,गुल्मी जिल्ला कमिटी सचिबालय सदस्य,श्रीङ्गेश्वर बहुमुखी क्याम्पस स्वबियु सभापती हुँदै पार्टिका विभिन्न जिम्मेवारीमा रहदै आफ्नो सिर्जनसिल जीवन ब्यतित गर्दै पार्टिको अग्रगामी बिकासका निम्ति योगदान गर्दै आइरहेको थिएँ तर केही समय अगाडी आएको स्वतन्त्र पार्टिको हावाको झोक्काले मलाइ पनि छोयो।उनले पार्टी परित्याग ग...
१२ प्रतिशत नाघ्यो कर्जाको ब्याजदर

१२ प्रतिशत नाघ्यो कर्जाको ब्याजदर

ताजा अपडेट, स्थानीय
४ कात्तिक, काठमाडौं । कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत पुगेको छ । २०७८ भदौमा कर्जाको भारित औसत ब्याजदर ८.५७ प्रतिशत थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर करिब साढे ३ प्रतिशत बिन्दुले बढेको हो । २०७५ असारमा १२.४७ प्रतिशतसम्म पुगेको कर्जाको भारित औसत ब्याजदर कोभिड–१९ अगाडि फागुन २०७६ मा ११.८० प्रतिशतमा झरेको थियो । कोभिडसँगै कर्जाको माग घटेर बैंकहरुको अधिक तरलता हुँदा २०७८ असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशतसम्म झरेको थियो । तर, गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट बैंकिङ प्रणालीमा अभावसँगै बढ्दै गएको ब्याजदरले पुनः १२ प्रतिशत भन्दा माथि पुगेको छ  ...
अखिलले गर्याे रक्तदान कार्यक्रम

अखिलले गर्याे रक्तदान कार्यक्रम

Breaking news 3, समाचार, स्थानीय
कृष्ण अन्जान बलेटक्सार नेकपा एमाले निकट विध्यार्थी सँगठन अनेरास्ववि रुरुक्षेत्र गाउँपालिका कमिटीले विहवार बलेटक्सारमा बृहत रक्तदान कार्यक्रम गरेकाे छ। नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीकाे सहकार्यमा आयाेजना गरिएकाे रक्तदानमा पचपन्न युनिट रगत सँकलन भएकाे रक्तदान कार्यक्रमका सँयाेजक समेत रहेका अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिकाका सहईन्चार्ज रन्जित ज्ञवालीले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उदघाटन सत्रमा बाेल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमल राज श्रेष्ठले समाजसेवकाे निस्वार्थ सेवा र सबैभन्दा ठुलाे दान रक्तदान भएकाे बताए । रगत व्यक्तिका लागि तत्काल चाहिने पदार्थ भएकाले पनि मृत्यु सँग लडिरहेकालाई दान गरिएकाे रगत जीवनदान भएकाे श्रेष्ठको भनाई थियाे कार्यक्रममा बाेल्दै नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत ,रक्ततत्व ,रक्त...
२५ वर्षदेखि  एउटै पदमा उनै प्रतिष्पर्धी !

२५ वर्षदेखि एउटै पदमा उनै प्रतिष्पर्धी !

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिष्पर्धी उम्मेदवार बनेका छन् । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बीच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिष्पर्धा हुँदै आएको हो । तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो । त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिष्पर्धा भएको थियो । ०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख...
बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

विदेश, समाचार
११ असोज, काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए । ...
गुल्मीमा तीन वर्षभित्र दुई सय ४९ जनाले गरे आत्महत्या

गुल्मीमा तीन वर्षभित्र दुई सय ४९ जनाले गरे आत्महत्या

Breaking news 1, फिचर, समाचार, स्थानीय
नयां पत्रिकाबाट आत्महत्याको अवस्था डरलाग्दो : गुल्मीमा महिलाको तुलनामा तीन गुणा बढी पुरुषले गरे आत्महत्या, सबैभन्दा बढी मुसिकोट नगरपालिकामा गुल्मीको इस्मा गाउँपालिका– ४ कल्यारका नौ वर्षीय बालक संगम खड्काले बिहीबार बेलुका आत्महत्या गरे । बेलुकाको खानापछि संगम सुत्न गए । परिवार छोरा सुत्न गएकोमा ढुक्क थिए । तर, छोरा झुन्डिएका रहेछन् । बुबा–आमाले छोरो झुन्डिएकोे देख्नेबित्तिकै पासो काटे पनि बचाउन सकेनन् । हुर्किएको एक्लो छोरा झुन्डिएला भनेर परिवारले कल्पना गर्ने कुरै भएन । तर, अपत्यारिलो दुःखद घटनाले खड्का परिवार शोकमा डुबेको छ । ‘बिहानैबाट अलिअलि रिसाएको रै’छ । त्यो केटाकेटीको सामान्य बानी नै भयो,’ बुबा नारायण खड्काले भने, ‘एक्कासि सुत्ने कोठामा पुग्दा झुन्डिएको देखेँ ।’  गत ९ भदौमा रेसुंगा नगरपालिका– १ की १३ वर्षीया रेजिना कुँवरले पनि घरमै झुन्डिएर आत्महत्या गरिन् । सामान्य विवा...
कम्युनिष्ट नेताले सम्झिरहने अप्ठ्यारोको आश्रय स्थल ग्वादीको सटखोला

कम्युनिष्ट नेताले सम्झिरहने अप्ठ्यारोको आश्रय स्थल ग्वादीको सटखोला

Breaking news 2, ताजा अपडेट, फिचर, समाज, स्थानीय
कृष्ण अन्जानसटखोला ग्वादीमुस्किलले आठ नौ घर रहेको मगर बस्ति दुईतिर रुखले ढाकेका खोल्सा तिनै दुईखोल्सीको बिचमा उत्तर बाट दक्षिणतिर लाम्चो परेर फिँजारिएको डाँडो साविकको ग्वादी गाउँ विकास समिति र हालको रुरुक्षेत्र गाउँपालिकाको वडा न २ मा रहेको सटखोलाले ठुलै ईतिहास बोक्छ ।गाउँमा पुग्दा भिम बहादुर लामिछाने घरमै मेलापात गोबर सोत्तरमा व्यस्त भेटिए तर यहि व्यस्तताका बिचमा उनले त्यहाँ पुगेका एमालेनेता हरु कमल राज श्रेष्ठ ,हरी ज्ञवाली लगाएत सँग दरिलो कमरेडि हात मिलाएर अभिभादन गरे ।उनलाई यो कुराको बानी परेको धेरैभो ।पन्चायतको कालरात्रिमा यहि सटखोला हो जसले कम्युनिस्ट नेता हरुलाई वर्षौँ सम्म आश्रय दियो ।उन्चालीस साल तिरबाट कम्युनिस्ट नेताहरु यहाँ आएर बस्न थाल्नु भएको हो । यो निरन्तरता छयालीस सालको जनआन्दोलन सम्म रह्यो करिब सत्तरी वर्ष कटेका लामिछानेले भने ।सटखोला अर्थात मगर भाषामा सट भनेको आँप र ...