गुल्मीमा घरभित्र हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव भेटियो


गुल्मी : गुल्मीमा एक महिलाको संकास्पद शव भेटिएको छ। मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको शव घरभित्रै खुट्टा बाँधेको अवस्थामा भेटिएपछि उनको हत्या गरेको आशंका गरिएको छ।

वडा ७ का वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट अन्य टोली पनि अनुसन्धानका लागि आउँदैछ।

शेरचन अविवाहित हुन्। वामिटक्सार र मध्य पाहडि लोक मार्ग जोड्ने हाडिखोलाको पुलवारिको पहिलो घरमा होटल चलाएर उनी एक्लै बस्थिन्।

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाटले ती महिलाको शव हात–खुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए। घटना स्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...