अखिलले गर्याे रक्तदान कार्यक्रम


कृष्ण अन्जान बलेटक्सार

नेकपा एमाले निकट विध्यार्थी सँगठन अनेरास्ववि रुरुक्षेत्र गाउँपालिका कमिटीले विहवार बलेटक्सारमा बृहत रक्तदान कार्यक्रम गरेकाे छ। नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीकाे सहकार्यमा आयाेजना गरिएकाे रक्तदानमा पचपन्न युनिट रगत सँकलन भएकाे रक्तदान कार्यक्रमका सँयाेजक समेत रहेका अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिकाका सहईन्चार्ज रन्जित ज्ञवालीले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उदघाटन सत्रमा बाेल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमल राज श्रेष्ठले समाजसेवकाे निस्वार्थ सेवा र सबैभन्दा ठुलाे दान रक्तदान भएकाे बताए । रगत व्यक्तिका लागि तत्काल चाहिने पदार्थ भएकाले पनि मृत्यु सँग लडिरहेकालाई दान गरिएकाे रगत जीवनदान भएकाे श्रेष्ठको भनाई थियाे कार्यक्रममा बाेल्दै नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत ,रक्ततत्व ,रक्तदान ,र रक्तदाता वृद्धि अभियानमा समाजले नियमित रक्तदान कार्यक्रम गर्दै आएकाेमा अनेरास्ववियु मार्फत बलेटक्सारलाई पनि अभियानमा जाेड्न पाएकाेमा खुशि लागेकाे बताउँदै आगामी दिनहरुमा बलेटक्सारमा नियमित रक्तदान कार्यक्रमकाे आयाेजना हुने अध्यक्ष चौहानकाे भनाई थियाे ।

अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिका कमिटीका सह इन्चार्ज रन्जित ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष आशिष गौतमले स्वागत र मनिष सुनारले कार्यक्रम सन्चालन गरेका थिए । रक्तदान कार्यक्रममा बलेटक्सार क्षेत्रका रक्तदाता हरुले रक्तदान गरेका थिए भने नेपाल रक्तदाता स्वयँसेवी समाज रुपन्देहीका प्राविधिक हरुले कार्यक्रममा सहजिकरण गरेका थिए । डेँगु राेगकाे बढ्दाे सँक्रमणका कारण रगत र रक्ततत्वकाे कमि हुन नदिने उद्देश्य अनुरुप सामाजिक उत्तरदायित्वकाे रुपमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे अनेरास्ववियुका जिल्ला उपाध्यक्ष आशिष गौतमले बताए ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...