२५ वर्षदेखि एउटै पदमा उनै प्रतिष्पर्धी !


गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिष्पर्धी उम्मेदवार बनेका छन् ।

गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बीच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिष्पर्धा हुँदै आएको हो । तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिष्पर्धा भएको थियो । ०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए ।

अहिले फेरि एउटै पदमा प्रदेश सभा निर्वाचनमा भुसाल र श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुँदैछ । यसरी पटकपटक एउटै पदमा एउटै प्रतिस्पर्धी हुँदै आएका छन् । दुबै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ निवासी हुन् । यसपटक कांग्रेसले गठबन्धन गरेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

२०४९ सालदेखि स्थानीय निकायमा जनप्रतिनिधि भएर काम गरेका श्रेष्ठ र ०७४ सालमा नगरप्रमुख भएर काम गरेका भुसालबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । दुबै उम्मेदवारको जनप्रतिनिधि भएर काम गरेको अनुभव रहेको छ । दुबै उम्मेदवार आफ्ना चुनावी प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन्।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...