२५ वर्षदेखि एउटै पदमा उनै प्रतिष्पर्धी !


गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिष्पर्धी उम्मेदवार बनेका छन् ।

गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बीच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिष्पर्धा हुँदै आएको हो । तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिष्पर्धा भएको थियो । ०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए ।

अहिले फेरि एउटै पदमा प्रदेश सभा निर्वाचनमा भुसाल र श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुँदैछ । यसरी पटकपटक एउटै पदमा एउटै प्रतिस्पर्धी हुँदै आएका छन् । दुबै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ निवासी हुन् । यसपटक कांग्रेसले गठबन्धन गरेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

२०४९ सालदेखि स्थानीय निकायमा जनप्रतिनिधि भएर काम गरेका श्रेष्ठ र ०७४ सालमा नगरप्रमुख भएर काम गरेका भुसालबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । दुबै उम्मेदवारको जनप्रतिनिधि भएर काम गरेको अनुभव रहेको छ । दुबै उम्मेदवार आफ्ना चुनावी प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन्।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...