गुल्मी क्षेत्र न १ एमालेले सार्बजनिक गरेयो प्रतिबद्धता पत्र ।।


कृष्ण अन्जान
आसन्न सँघिय र प्रदेश निर्वाचनका लागि नेकपा एमाले निर्वाचन क्षेत्र न १ गुल्मीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ । तम्घासमा बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेकपा एमालेका उपमहासचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले सामा भौतिक पुर्वाधार लाई अबका दुईवर्ष भित्र पूरा गरिने र ठुला विकास आयाेजनाहरु पाँच वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिबद्धता पत्रमा भनिएकाे छ मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट समृद्ध गुल्मी निर्माणको सङ्कल्पका साथ यहाँहरूसामु उपस्थित भएकाे र यस निर्वाचनमा हामीले गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव, पूर्व परराष्ट्र मन्त्री, नेपालको शान्ति प्रक्रियाका महत्वपूर्ण अगुवा एवं विचार, विकास र निष्ठाको राजनीतिका पर्याय कमरेड प्रदीपकुमार ज्ञवालीलाई प्रस्तुत गरिएकाे र त्यसै गरी प्रदेशसभा १–१ तर्फ चिन्तामणि पाण्डे र १–२ तर्फ कमरेड फर्सुराम पाण्डेलाई अगाडि सारेकाे प्रतिबद्धता पत्रमा उल्लेख छ ।

अस्लेवामा जन्मेका कमरेड चिन्तामणि पाण्डे वामपन्थी आन्दोलन, समाजसेवा र व्यवसायका क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व भएकाे र सशस्त्र द्वन्द्वका क्रममा असह्य पीडासमेत भोगेका र यसै गरी छत्रकोट –४ दिगाममा जन्मनुभएका कमरेड फर्सुराम पाण्डे कम्युनिष्ट आन्दोलनका अविचलित योद्धा, सिर्जनशील उद्यमी र युवाहरुमाझ प्रतिष्ठित व्यक्तित्व हुनुका साथै प्रवासी नेपाली माझ जागरण र सङ्गठन विस्तारमा पनि महत्वपूर्ण योगदान गरेका व्यक्ति भएकाे उल्लेख छ ।

आम निर्वाचन २०७४ मा नेकपा (एमाले) र पार्टी नेतृत्वको वाम गठबन्धनलाई जनताले अमूल्य मत दिनुभएको र जनताकै विश्वासको बलमा नेकपा (एमाले) ले करिब साढे तीन वर्ष सरकार सञ्चालन गरेकाे र यस अवधिमा पार्टी र सरकारले खेलेको भूमिकाप्रति सबै स्पष्ट रहेकाे प्रतिबद्धता पत्रमा भनिएकाे छ ।

यही पार्टी हो, जसले संविधानको पूर्ण कार्यान्वयन , तीनै तहका सरकारलार्ई चलायमान बनाउँदै सङ्घीयता सुदृढ, सिके राउत समूहले सञ्चालन गरेको पृथकतावादी र विप्लव समूहले चलाइरहेको हिंसात्मक क्रियाकलापलाई अन्त्य गर्दै मुलुकलाई द्वन्द्वमुक्त , नेपाललाई अल्पविकसित अवस्थाबाट विकासशील राष्ट्रमा स्तरोन्नति गरेकाे प्रतिबद्धता पत्रमा जनाईएकाे छ ।

कोभिड महामारी अगाडिसम्म नेपाल तीब्र आर्थिक बृद्धि गरिरहेका दस मुलुकमध्ये रहेकाे त यस अवधिमा ९ लाखभन्दा बढी नागरिक निरपेक्ष गरिवीबाट माथि उठेकाे , नेपालले लगानी र व्यवसायिक वातावरण मापन गर्ने सूचकाङ्क लगायत शान्ति, खुसियाली, भोकमरी विरुद्ध लैंगिक समानता, सुशासन, मानव विकास लगायत सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएकाे कुरा प्रतिबद्धता पत्रमा समेटिएको छ ।

एमालेकै नेतृत्वमा नेपालको राष्ट्रियता सुदृढ बनेकाे , नेपालको स्वाभिमान माथि उठेकाे बाह्य सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल भएका नेपालले चीनका चारवटा समुद्री बन्दरगाहको उपयोग गर्न पाउने सुनिश्चित भएसँगै पारवहनमा एकपक्षीय निर्भरता र नाकाबन्दीको जोखिम सदाका लागि अन्त्य भएकाे कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत मिलाएर नेपालले आफ्नो नयाँ नक्सा प्रकाशन गरेर नेकपा (एमाले) ले देशकै नक्सा बदलेकाे पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यश अवधिमा भौतिक विकासमा ठूलो फड्को मारेकाे , प्रतिदिन सरदर ५ कि.मि. बाटो कालोपत्रे गर्दै यस अवधिमा हजारौँ किलोमिटर बाटो पक्की गर्ने, ग्राभेल गर्ने र नयाँ खन्ने काम भएकाे यसै अवधिमा नेपाल सुरुङ मार्गको चरणमा प्रवेश गरेकाे भूकम्पपछिको पुनर्निर्माणमा अकल्पनीय फड्को मार्दै ८ लाख नागरिकलाई सुरक्षित आवासमा फर्काउने काम भएको , धरहरा, रानीपोखरी, दरबार हाइस्कूल, सिंहदरबारलगायत सम्पदा पुनर्निर्माण भएका र तराई मधेस समृद्धिको गेम चेन्जरको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सनको काम शुभारम्भ भएको छ भने राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको पानी काठमाडौँ खसाउने काम भएकाे भनिएकाे छ ।

राष्ट्रिय स्तरमा भएका यी कामहरूका साथै यहाँहरूको विश्वासलाई शिरमा राखेर काम गर्ने क्रममा विगत पाँच वर्षमा एमालेले गुल्मीकोे सामाजिक–आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्ने गरी काम गरेकाे उल्लेख गर्दै रेसुङ्गा नगरपालिकामा– सडक तथा पुल रु.५२ करोड ६० लाख, खानेपानी रु.४४ करोड १५ लाख र पर्यटन पूर्वाधार विकास रु.१२ करोड ५० लाख, गुल्मी दरबार गाउँपालिकामा– सडक तथा पुल रु.५८ करोड ८० लाख, खानेपानी रु.२२ करोड ५ लाख र पर्यटन पूर्वाधार विकास रु.१ करोड ५५ लाख, छत्रकोट गाउपालिकामा– सडक तथा पुल रु.२६ करोड, खानेपानी रु.३७ करोड १० लाख र पर्यटन तथा पूर्वाधार विकास रु.२ करोड ५० लाख, रुरुक्षेत्र गाउपालिकामा–सडक तथा पुल रु.४१ करोड, खानेपानी रु.२३ करोड ५५ लाख र पर्यटन पूर्वाधार विकासको लागि रु.६० करोड ६१ लाख, सत्यवती गाउपालिकामा– सडक तथा पुल रु.८३ करोड ५० लाख, खानेपानी रु.१५ करोड ५० लाख, र पर्यटन पूर्वाधार विकास रु.४ करोड ३९ लाख,कालिगण्डकी गाउँपालिकामा सडक र पुलमा ३५ कराेड ५० लाख ,खानेपानीमा १० कराेड १५ लाख ,पर्यटन पुर्वाधारमा १ कराेड ५० लाख ,यसैगरी चन्द्रकाेट गाउँपालिकामा सडक तथा पुलमा ४३ कराेड २६ लाख ,खानेपानीमा १२ कराेड ६० लाख ,पर्यटन पुर्वाधारमा ५५ लाखका याेजनाहरु सम्पन्न भएकाे प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसैगरी आगामी दिनहरूमा यातायात पुर्वाधार ,सामाजिक विकास ,खानेपानी सिँचाई विधुत ,कृषि ,उधाेग ,पर्यटन ,युवा स्वराेजगार खेलकुद ,का क्षेत्रमा विशेष याेजना हरु सन्चालन गर्ने र विभिन्न नगर तथा गाउँपालिकाका ठुला याेजनाहरु पाँच वर्षमा सम्पन्न गर्ने जनाईएकाे छ ।
एमाले गुल्मी जिल्ला अध्यक्ष बालशिँह काउछाकाे प्रदेश १ ख का उम्मेदवार फर्सुराम पाण्डे लगाएतकाे उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएकाे थियाे ।

छुटाउनुभयो कि ?

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्र...
तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

काठमाण्डौ - जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भे...