स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक ज्ञवाली एमालेमा फर्किए


बुटबल
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी संयोजक सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् । एक बक्तव्य मार्फत नेकपा एमालेमा प्रवेश गरेको जनाएका ज्ञवालीले विगतको आफ्नो ईतिहास सम्झिँदै लेखेका छन । म विद्यार्थी जिवनकाल देखि नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेको शसक्त भातृसंगठन अनेरास्ववियुबाट राजनितिक यात्रा सुरु गर्दै ज्ञवा माध्यमिक विध्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष ,गुल्मी जिल्ला कमिटी सचिबालय सदस्य,श्रीङ्गेश्वर बहुमुखी क्याम्पस स्वबियु सभापती हुँदै पार्टिका विभिन्न जिम्मेवारीमा रहदै आफ्नो सिर्जनसिल जीवन ब्यतित गर्दै पार्टिको अग्रगामी बिकासका निम्ति योगदान गर्दै आइरहेको थिएँ तर केही समय अगाडी आएको स्वतन्त्र पार्टिको हावाको झोक्काले मलाइ पनि छोयो।
उनले पार्टी परित्याग गर्नु पर्ने कारणका बारेमा लेखेका छन करिब अढाई महिना प्रादेशिक नेतृत्वमा रहेर हेरे,बुझे र अनुभव गरे पनि।त्यति मात्र नभइ केन्द्रका गतिविधि निकट बाट नियाले तर यथार्थ त्यो रहेनछ केबल क्यानभास मात्र रहेछ ।

एमाले प्रवेश बारे उनले लेखेका छन तर सत्य मात्र मैले रगत पसिना बगाएको आम नेपालीको ढुकढुकी नेकपा एमाले रहेछ यो कुरा सत्य रहेछ र अन्य जे सुकै भए पनि अन्ततोगत्वा सत्यको नै बिजय हुन्छ भनेको भएरै एमालेमै रहने बताएका छन । आम युवाहरुको सम्बोधन गर्ने,राष्ट्र र राष्ट्रियतको पक्षमा लडिरहने जनताको प्रिय पार्टी नेकपा एमालेमा आजका मिति देखि पुन बिगतमा भन्दा पनि सक्रियता पुर्बक अर्थपूर्ण ढङ्गले राजनीतिक जिवनमा योगदान गर्ने हिसाबले अगाडी बढेको कुरा सबैमा जानकारिका निम्ति सम्प्रेषण गरेँ उनले लेखेका छन ।

उनी अगाडी लेख्छन मलाइ यो भावुकता बाट यथार्थमा नेकपा एमालेमै रहिरहन मार्गदर्शन दिनुहुने र नेतृत्व प्रदान गर्न सहयोग गर्ने केन्द्रिय नेतृत्व र सम्पुर्ण कमरेडहरु प्रती कृतज्ञ रहिरहनेछु ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...