समाज

प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि खोजौं : विश्वप्रकाश शर्मा

प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि खोजौं : विश्वप्रकाश शर्मा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए ।संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ नरहेको बताए । ‘संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित हुने प्रधानमन्त्री र प्रदेशमा जुनखालको व्यवस्था छ, त्यो बिल्कुल सही छ । समस्या यसमा छैन,’ महामन्त्री शर्माले भने, ‘समस्या चाहिँ त्यो चयन गर्दा बहुमत जुटाउने खालको पद्धतिको खोजी के हो ? त्यसमा जान जरुरी छ । बहुमत प्राप्त भएको संसदीय दलको नेताले मुलुकको नेतृत्व ५ वर्ष नै गर्न पाउनुपर्छ । संवैधानिक रुपमा राष्ट्रपति र संसद...
मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती

मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलकाे मेडिटेक अस्पताल एण्ड रिसर्च सेन्टरकाे मेडिकल डाईरेक्टरमा स्त्रीरोग विषेषज्ञ डा.सतिस रुपाखेती नियुक्त भएका छन्। अस्पतालकाे सञ्चालक समितिकाे बैठकले १ असाेजदेखि लानुहुने गरि अस्पतालकाे मेडिकल डाईरेक्टरमा डा.रुपाखेतीलाई नियुक्त गरेकाे हाे। मंगलवार पदभार ग्रहण गर्दै उनले अस्पतालले प्रदानगर्ने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्दता व्यक्त गरे। डा.रुपाखेतीले अस्पतालकाे सेवालाई चुस्तदुरुस्त बनाउने र बिरामिकाे उपचार सेवालाई थप विश्वासनीय बनाउने प्रतिवद्दता व्यक्त गरे। Enter You sent ...
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगेर सेलाइन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । ...
तिलोत्तमा व्यापार संघको ११ औं स्थापना दिवसमा वृक्षारोपण

तिलोत्तमा व्यापार संघको ११ औं स्थापना दिवसमा वृक्षारोपण

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
तिलोत्तमा व्यापार संघ रुपन्देहीले सोमबार आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । संघले करहिया सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरी आफ्नो स्थापना दिवस मनाएको हो । वृक्षारोपणपछि आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरुले वातावरण संरक्षणका लागि र वन क्षेत्रलाई हरियाली बनाइ राख्नका लागि वृक्षारोपण अपरिहार्य रहेको बताएका थिए । उनीहरुले वन विनासले वातावरणको क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै सबै क्षेत्रले वातावरण संरक्षणमा भूमिका खेल्नुपर्ने बताए । कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष झविन्द्रप्रसाद कंडेलले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले संघले बिगतमा पनि स्थापना दिवस रचनात्मक कार्यक्रम गर्दै आइरहेको भन्दै यसवर्ष वृक्षारोपणलाई महत्व दिएर वातावरण संरक्षणमा भूमिका खेलेकोमा प्रशंसा गरे । उनले राज्यले उद्योग व्यवसाय सञ्चालनका...
अर्थतन्त्रका सूचक सकारात्मक छन् :अर्थमन्त्री पौडेल

अर्थतन्त्रका सूचक सकारात्मक छन् :अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गर्नुभएको छ । उहाँले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक ईण्डिकेटरहरु सकारात्मक देखिएको बताउनु भएको हो । मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले एक ठाउँमा आएको बताउनु भयो । उहाँले दुई दल बिचको सत्ता सहकार्यले आम नागरिकमा आशाको सञ्चार गरेको पनि भनाई राख्नुभयो । स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारा सहित बनेको यो सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने पनि दावी गर्नुभयो । उहाँले बुटवल पूर...
गुणस्तर परिक्षण गरेर मात्र नागरिकलाई पानी खुवाउने ग्यारेन्टी सरकारले गर्छ: मुख्यमन्त्री आचार्य

गुणस्तर परिक्षण गरेर मात्र नागरिकलाई पानी खुवाउने ग्यारेन्टी सरकारले गर्छ: मुख्यमन्त्री आचार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले याेजना निर्माण गरेकाे बताए । गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको बताए । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाकाे रजत जयन्ती कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले 'एक घर-एक धारा'को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयाेजनालाइ सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए।`प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ । कपिलवस्तुमा ल्याव खाेल्दै छाैं ।खानेपानीकाे गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना गर्दैछाैं´उनले चालू बर्षमा १६८ खानेपानी आयाेजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वि...
कीर्तिमानी पलेशाले पाइन् ६५ लाख

कीर्तिमानी पलेशाले पाइन् ६५ लाख

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
पेरिस पारा लिम्पिक्समा २०२४मा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ दिएको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधान्मन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।साथै प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । राष्टिय खेलकुद विकास नियमावली अनुसार उनीहरुले उक्त पुरस्कार रकम पाएका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिएको बताए।पलेशा नेपाली ओलम्पिक ६ दशक सहभागी इतिहासमा पदक जित्ने पहिलो खेलाडी हुन् । पलेशाले दुई साता अघि के ४४ क्याटेगोरी ५७ केजी मुनी प...
जापानको  बिश्वविध्यालय र शङकरनगर दुर्गादत्त मा वि विच बाताबरणिय अनुसन्धान सम्बन्धि सहकार्य

जापानको बिश्वविध्यालय र शङकरनगर दुर्गादत्त मा वि विच बाताबरणिय अनुसन्धान सम्बन्धि सहकार्य

ताजा अपडेट, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
कृष्ण पन्थीबुटबलजापानको न्यागोया स्याङ्गगा विश्वविधालयको वातवरणविदहरुको टोली र तिलोत्तमा न पा वडा नं २ मा अवस्थित श्री शंकरनगर दुर्गादत्त मा वि विच वातावरणीय स्वास्थ्य, कार्बन उत्सर्जन, जलवायु परिवर्तन र हरियाली प्रवर्द्धन सम्बन्धि सहकार्य अगाडि बढाइएको छ। जापानी वातावरण विज्ञ ओकामुरा कियोशी र अनुसन्धानकर्ताहरु भानुभक्त पुरी, संंयोग पौडेल र पुजा अधिकारीको टोलीलाई विधालयमा स्वागत गरिएको थियो । उक्त अनुसन्धान टोलीले काठमाडैको SOS विधालय, पोखराको अमरसिंह मा वि संग यस भन्दा पहिलेनै सहकार्य गरेको र रुपन्देहीमा शंकरनगर दुर्गादत्त मा वि लाई छनोट गरेको प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेयले बताउनु भयो। ...
आज ऋषि पञ्चमी,सप्तऋषिको पूजा गरी मनाइदैं

आज ऋषि पञ्चमी,सप्तऋषिको पूजा गरी मनाइदैं

Breaking news 2, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आज भाद्र २३ गते अर्थात् ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्यको लागि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज)को व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख गरेको छ । रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघाति...
जलवायु परिवर्तनको मुद्दाको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ: प्रदीप ज्ञवाली

जलवायु परिवर्तनको मुद्दाको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ: प्रदीप ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई  वामपन्थीहरूले गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक विचार गोष्ठीमा बोल्दै उनले त्यस्तो बताएका हुन्। उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगिएको भन्दै ती मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गर्नुपर्ने बताए।उनले जलवायु संकटका एकमात्र कारक दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था नै रहेको बताए।  ‘केही नयाँ मुद्दाहरू आएका छन्। जुन मुद्दाको अगुवाइ वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ। जलवायु परिवर्तनबाट हामी जलवायु संकटको तहमा पुगेका छौं। त्यसले ढोका ढक्ढक्याउन थालिसकेको छ। त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ। किनभने जलवायु संकटको एकमात्र कारक भनेका दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था हो...