तिलोत्तमा व्यापार संघको ११ औं स्थापना दिवसमा वृक्षारोपण


तिलोत्तमा व्यापार संघ रुपन्देहीले सोमबार आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । संघले करहिया सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

वृक्षारोपणपछि आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरुले वातावरण संरक्षणका लागि र वन क्षेत्रलाई हरियाली बनाइ राख्नका लागि वृक्षारोपण अपरिहार्य रहेको बताएका थिए । उनीहरुले वन विनासले वातावरणको क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै सबै क्षेत्रले वातावरण संरक्षणमा भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष झविन्द्रप्रसाद कंडेलले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले संघले बिगतमा पनि स्थापना दिवस रचनात्मक कार्यक्रम गर्दै आइरहेको भन्दै यसवर्ष वृक्षारोपणलाई महत्व दिएर वातावरण संरक्षणमा भूमिका खेलेकोमा प्रशंसा गरे ।

उनले राज्यले उद्योग व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउनु पर्ने र वैज्ञानिक कर प्रणाली लागू गर्नुपर्ने भन्दै आर्थिक क्षेत्रमा देखिएको शिथिलताले व्यवसायीहरुमा चरम निराशा छाएको बताएका थिए ।

त्यस अवसरमा नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति एवं करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डे, नेकपा एमालेका तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, सल्लाहकारहरु हरिप्रसाद कंडेल, हरिप्रसाद उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले संघले गर्दै आएका कार्यक्रमहरुका बारेमा र उद्योगी व्यवसायीका समस्याहरुबारे प्रकाश पारेका थिए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...