गुणस्तर परिक्षण गरेर मात्र नागरिकलाई पानी खुवाउने ग्यारेन्टी सरकारले गर्छ: मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले याेजना निर्माण गरेकाे बताए । गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको बताए । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाकाे रजत जयन्ती कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले ‘एक घर-एक धारा’को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयाेजनालाइ सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए।`प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ । कपिलवस्तुमा ल्याव खाेल्दै छाैं ।खानेपानीकाे गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना गर्दैछाैं´उनले चालू बर्षमा १६८ खानेपानी आयाेजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेकाे वताए । याेजनाबद्द विकास प्रदेश सरकारकाे पहिलो आधार भएकाे बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेकाे बताए। `प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताकासाथ कार्यक्रमहरू गरिरहेका छाैं´उनले -`योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिकाे अभियान सफल बनाउन सक्छौं ।´ मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनकाे उद्घाटन र रजत स्मारिकाकाे विमाेचन गरे। रजत जयन्ती मनाउदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्नेखनीय रहेकाे मुख्यमन्त्री आचार्यले बताए। यो खानेपानी तथा सरसफाइ संस्था लुम्बिनी प्रदेशको अग्रणी खानेपानी संस्था हो । उपभोक्ताहरुकाे अथक मेहनत र परिश्रमका कारण यो खानेपानी आयोजना यहाँसम्म आइपुगेको महशुस आफुले गरेकाे मुख्यमन्त्री आचार्यले जनाए ।

प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पुर्‍याउने लक्ष्य सरकारले पूरा गर्नेगरि अगाडिको वढिरहेकाे बताए। उनले हाल देशकाे कुल जनसंख्याकाे २५.८प्रतिषत मात्र स्वच्छ खानेपानीकाे पहुंच रहेकाे र यसलाई तिब्रता दिन सरकार लागिपरेकाे वताए ।

प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरिहरुलाइ सहज रुपमा गुणस्तरीय पानी पुर्‍याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताईन्। तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जिवनकाे लागि भएको र सुरक्षित खानेपानीका लागि प्रदेश सरकार संग समन्वय गरिने बताए।

कार्यक्रममा प्रज्वल बाेहाेरा, निबर्तमान अध्यक्ष हरि तिवारि लगायतले सम्बाेधन गरेका थिए । संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले कुलाे, कुवा, इनार र खाेलाकाे पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकहरुलाइ गुणस्तरीय खानेपानी पुर्‍याउन सफल भएको बताए।

विभिन्न विधाबाट संस्थालाई याेगदान दिएका व्यक्तिहरुलाई सम्मान साथै बिचबिचमा नृत्यकला प्रस्तुत गरीएकाे कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव कमला ज्ञवालीले गरेकी थिईन्।

छुटाउनुभयो कि ?

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

काठमाडौंभोटेकोशी बाढीमा ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान...
भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...