जिममा होइन भान्सामा बन्छ सुगठित शरीर
एब्स आर मेड इन द किचेन, नट द जिम ।’
तपाईं चाहे तर्तरी पसिना चुहाउनुहोस् वा कडा व्यायाम गर्नुहोस् । बेतोडले दौडनुहोस् वा बेपत्तासँग उफ्रनुहोस् । तर, पुट्ट पेट घट्दै घटेन । के गर्नुहुन्छ ? उपाय छैन ।
पुट्ट पेट अर्थात् रोगको घर । भद्दा ज्यान । अशोभनीय शरीर । धेरैको लागि टाउको दुखाइको विषय हो यो । आखिर किन यस्तो हुन्छ ? जगजाहेर छ, अस्वस्थकर खानपान र ऐस-आरामको जीवन ।
जब शरीरमा बोसो जम्न थाल्छ, अस्वाभाविक पेट उछिट्टएिको देखिन्छ, हिंडडुल गर्दा स्वाँ-स्वाँ हुनथाल्छ तब मान्छेहरू जिम धाउने सुरसार गर्छन् । जिममा पुगेपछि आफ्नो समस्या ‘छुमन्तर’ हुन्छ भन्ने ठान्छन् । त्यसैले उनीहरू भनिरहेका हुन्छन्, ‘पन्ध्र दिनमा पेट घटाइदिनुपर्यो ।’
प्रकाश केसीकहाँ पनि अक्सर यस्तै मान्छेहरू ठोक्किन आइपुग्छन्, जो मोटोपनले सताइएका छन् । हात-खुट्टा लिखुरे हुन्छ, तर पेट बडेमाको । कसरी पेट घटाउने ? कसरी हा...








