चितवनका सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमाल काठमाण्डौ तानिए


काठमाण्डौ ।  प्रधानमन्त्रीको पुत्ला प्रदर्शन र दहन हुदा पनि मुकदर्शक बनेपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र प्रहरी उपरिक्षक (एसपी) भावेश रिमाल  तानिएका छन्। 

बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी यादवलाई गृहमन्त्रालय र प्रहरी उपरिक्षक रिमाललाई मानव बेचबिखन ब्युरोमा पठाईएको छ। 

उनीहरुको तानिएपछि प्रकाश पौडेल चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर पठाईएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत गौतम मिश्र चितवनको प्रहरी प्रमुख बनाएर पठाईएको छ। 

बुधवार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा स्थानिय प्रशासनले हस्तक्षेप नगरेपछि गृह मन्त्रालय असन्तुष्ट थियो। कार्यक्षमता कमजोर रहेको भन्दै गृहमन्त्रालयले उनीहरूको सरूवा गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेपछि त्यसको बिरोधमा रास्वपाले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो।

यादव र रिमाल आजै रमाना हुने तयारीमा रहेको श्रोतले बताएको छ। 

यसैबिच गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले उदयपुरका सहायक सीडीओ लक्ष्मी प्रसाद रेग्मीको सुनसरीमा सरुवा तथा ओखलढुंगाका वेदनिधि खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा गरेको हो।

त्यसैगरी गृहमन्त्रालयका उपसचिव तेजराज शर्मा ईलाका प्रशासन कार्यालय सिमरा सरुवा भएका छन् भने खिमराज भुसाल कारागार कार्यालय पर्सामा सरुवा भएका छन्। उपसचिव देवी पाण्डे खत्री नवलपरासीको सहायक प्रमुख जिल्ला अधिकारी भएका छन् भने बिजयराज सुवेदी धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी भएका छन्।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...