चितवनका सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमाल काठमाण्डौ तानिए


काठमाण्डौ ।  प्रधानमन्त्रीको पुत्ला प्रदर्शन र दहन हुदा पनि मुकदर्शक बनेपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र प्रहरी उपरिक्षक (एसपी) भावेश रिमाल  तानिएका छन्। 

बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी यादवलाई गृहमन्त्रालय र प्रहरी उपरिक्षक रिमाललाई मानव बेचबिखन ब्युरोमा पठाईएको छ। 

उनीहरुको तानिएपछि प्रकाश पौडेल चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर पठाईएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत गौतम मिश्र चितवनको प्रहरी प्रमुख बनाएर पठाईएको छ। 

बुधवार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा स्थानिय प्रशासनले हस्तक्षेप नगरेपछि गृह मन्त्रालय असन्तुष्ट थियो। कार्यक्षमता कमजोर रहेको भन्दै गृहमन्त्रालयले उनीहरूको सरूवा गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेपछि त्यसको बिरोधमा रास्वपाले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो।

यादव र रिमाल आजै रमाना हुने तयारीमा रहेको श्रोतले बताएको छ। 

यसैबिच गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले उदयपुरका सहायक सीडीओ लक्ष्मी प्रसाद रेग्मीको सुनसरीमा सरुवा तथा ओखलढुंगाका वेदनिधि खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा गरेको हो।

त्यसैगरी गृहमन्त्रालयका उपसचिव तेजराज शर्मा ईलाका प्रशासन कार्यालय सिमरा सरुवा भएका छन् भने खिमराज भुसाल कारागार कार्यालय पर्सामा सरुवा भएका छन्। उपसचिव देवी पाण्डे खत्री नवलपरासीको सहायक प्रमुख जिल्ला अधिकारी भएका छन् भने बिजयराज सुवेदी धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी भएका छन्।

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...