समाज

बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने

बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । मेलामा विविध पक्षहरूको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए । प्रतियोगिता मंसिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ । टिकटक प्रतियोगितामा भाग लिनको लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम ५ हजार फ्लोअर्स भएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मंसिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासँग सम्बन्धित विषयमा टिकटक बनाउनु पर्नेछ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारीमुलक हुनुपर्नेछ । ...
रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम

रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवस तीन दिने विविध कार्यक्रम गरेर मनाउने भएको छ । संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा अध्यक्ष सापकोटाले संघको इतिहास तथा स्थापना दिवसमा मनाइने कार्यक्रमबारे जानकारी गराएका थिए ।  वि.सं.२०३५ साल मङ्सिर १५ गते रणबहादुर शाहको नेतृत्वमा स्थापितसंघ ४७ औं वर्षमा आइपुगेको तीन दिने कार्यक्रम गरिने उनले बताए । पहिलो दिन १३ गते संघकै सदस्यहरुलाई क्रियाशील बनाएर सहभागिता गराउने गरी अन्तर सदस्य उद्योगी ब्याडमिन्टन प्रतियोगिता बुटवल ७ शिवनगरस्थित न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको कभर्ड हलमा गरिने, १४ गते बिहान संघको सचिवालयमा रक्तदान र १५ गते बिहान मूल समारोहको आयोजना गरिने र मूल समारोहमा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित विशिष्ट अतिथिहरुमा लुम्बिनी...
निगमको लुम्बिनी प्रदेशिक भण्डारण गृहका लागि डिपिआर निर्माणको सम्झौता

निगमको लुम्बिनी प्रदेशिक भण्डारण गृहका लागि डिपिआर निर्माणको सम्झौता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न बुधबार औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र आयल निगम बीच सम्झौता भएको हो ।  भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौं विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डिपिआर तयार गर्नेछ । डिपिआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मङ्सिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिए । यसअघि निगमले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डिपिआर नि...
राज्यको करोडौं लगानीको  लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला ओझेलमा ,

राज्यको करोडौं लगानीको लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला ओझेलमा ,

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली बुटवल लुम्बिनी प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य प्रयोगशाला ओझेलमा परेको छ। बुटवलको तामनगरमा सरकारको लगानीमा बनेको भव्य भवन तथा संरचना रहेको प्रयोगशाला अधिकांश प्रदेशवासीलाई जानकारी नै छैन। देशमा संघीयता लागु भए पसश्चात सरकारले स्वास्थ्य सेवालाई सर्बशुलभ र प्रभाकारी बनाउने उदेश्यसहित नागरिक हरुलाई स्वास्थ परीक्षण निःशुल्क र केही परीक्षण न्यूनतम शुल्कमा गर्ने गरि संचालनमा आएको प्रयोगशाला कार्यलय स्थापना भएको स्थान नागरिकलाई सहज रुपमा पाएक पर्ने ठाउँमा नहुदा सेवा ग्राही नागरिकको संख्या कम देखिएको छ । धेरै नागरिकलाई कार्यलय र प्रदान गर्ने सेवाको बारेमा जानकारीनै छैन त्यसैले सेवा पाउनबाट वञ्चित रहेको पाइएको छ । सरकारले स्वास्थ्य प्रयोगशाला स्थापना गरेपनी नागरिकहरु स्वास्थ्य उपचारका लागि सबैभन्दा महँगो शुल्क तिरेर उपचार गर्न ...
अब कसैले अनाथ भएँ भन्नु पर्दैन : प्रधानमन्त्री ओली

अब कसैले अनाथ भएँ भन्नु पर्दैन : प्रधानमन्त्री ओली

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए । “अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन”, प्रधानमन्त्रीले शुभकामनामा सन्देशमा भनेका छन्, “त्यसका निम्ति राज्य छ र सरकार छ ।” वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको यस सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिन...
इजरायल र लेबनानबीच युद्धविरामकाे सहमति : संयुक्त राष्ट्रसंघले गर्याे स्वागत

इजरायल र लेबनानबीच युद्धविरामकाे सहमति : संयुक्त राष्ट्रसंघले गर्याे स्वागत

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो । तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ । सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् । ...
सिंचाई अभिवृद्धिकालागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने

सिंचाई अभिवृद्धिकालागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने

Breaking news 2, Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 बुटवल लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरकालागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए। ‘उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिंचाई बढाउन यो परियोजनाले मद्धत गर्ने छ’प्रवक्ता पन्थिले भने,‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पु¥याउने छ। यो परियोजना लुम्बिन...
विभिन्न कार्यक्रमका गरी सामाजिक सुरक्षा दिवस मनाइँदै

विभिन्न कार्यक्रमका गरी सामाजिक सुरक्षा दिवस मनाइँदै

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । यस्तै, नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम हुँदैछ । यी दुवै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन् । उनले सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको दाबीसमेत गरेका छन् । ‘मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । यसका लामा इतिह...
निर्वाचन कानुन तथा आचारसंहिता विपरीत सवारी साधन प्रयोग गर्न रोक

निर्वाचन कानुन तथा आचारसंहिता विपरीत सवारी साधन प्रयोग गर्न रोक

Breaking news 1, Breaking news 3, समाचार, समाज
काठमाडौँ निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । उपनिर्वाचन प्रचारप्रसार लगायतका कार्यमा निर्वाचन आचारसंहिताको पालना गर्न/गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई आयोगबाट निर्देशनसमेत भइसकेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   यसैबीच, सवारीसाधनमा ‘लाउड स्पिकर’ को प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना आएको हुँदा यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकाले आचारसंहिताविपरीत हुने कार्य नगर्न सम्बन्धित सबैमा आयोगले पुनः स्मरण गराएको छ ।   निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ (१) मा निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा ...
भ्रष्टाचार नियन्त्रण गर्न नागरिकतहबाट खबरदारी गरौं : मुख्यमन्त्री आचार्य

भ्रष्टाचार नियन्त्रण गर्न नागरिकतहबाट खबरदारी गरौं : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 बुटवल  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन्।  भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मन्च प्यूठानको एक प्रतिनिधि मण्डल संग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको उल्लेख गर्दै नागरिक स्तरमा समेत खवरदारी आवश्यक रहेको बताए।  प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको, मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिता लागु गरेको, मन्त्रालय र निकायका लागि जारी १४ बुदे निर्देशन जारी गरिसकेको छ उनले भने।   नागरिक तहमा बढ्दो निरासालाई आशामा बदल्नेगरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको सफल कार्यान्वयनकोलाग...