समाज

संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टी जस्तोसुकै संघर्ष गर्न पनि तयार छ : प्रचण्ड

संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टी जस्तोसुकै संघर्ष गर्न पनि तयार छ : प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै प्रचण्डले यी दुवै हर्कतका विरुद्ध आवश्यक परे लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् । उनले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् ।  अहिलेको राजनीति परिवर्तन विशेषतः संघीय लोकतान्त्रिक गणतन्त...
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विराटनगर प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्।  कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए। यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए। “हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ। गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ। समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ।’’, प्रधानम...
स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु  पर्नेमा उपमहासचिव ज्ञवालीको जोड

स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु पर्नेमा उपमहासचिव ज्ञवालीको जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं  नेकपा एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा आसन्न हुन गई रहेको स्वबियु निर्बाचनको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले स्ववियु निर्बाचन सफल बनाउन सम्पर्क समन्वय कमिटी लाग्नु पर्नेमा जोड दिनु भएको थियो । ज्ञवालीले स्वबियु सबैभन्दा पहिलो प्रजातान्त्रिक संस्था थियो। जनताका हक अधिकारको आन्दोलनमा र बिद्यार्थी आन्दोलनले स्वबियु निर्बाचनको अधिकार स्थापित गरेको थियो भन्ने बताउनु भएको थियो । अनेरास्वबियुले निर्बाचन जितेमा पार्टीको कद पनि उच्च रहने कुरा बताउनु भएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालबाबु पण्डित, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य ...
कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन अर्थमन्त्रीद्वारा कृषि मन्त्रालयसँग छलफल

कृषि अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन अर्थमन्त्रीद्वारा कृषि मन्त्रालयसँग छलफल

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलीयतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरुबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषकहरुलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइएपनि तिनीहरुको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरुरी रहेको बताए । कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपन्छि बीमाको प्रिमियम अनुदान, उखु खेती प्रवर्द्धनका लागि किसानलाई...
लुम्बिनी बौद्ध विश्वविद्यालयमा एकै शैक्षिक सत्रमा भर्ना भए ३८ विदेशी विद्यार्थी

लुम्बिनी बौद्ध विश्वविद्यालयमा एकै शैक्षिक सत्रमा भर्ना भए ३८ विदेशी विद्यार्थी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
 बुटवल लुम्बिनी बौद्ध विश्वविद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ। विश्वविद्यालयमा चालु शैक्षिक सत्रको नयाँ ब्याचमा ३८ जना विदेशी विद्यार्थीहरु भर्ना भएको बिश्व बिद्यालयले जनाएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, योजना तथा मूल्याङ्कन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले विद्यार्थीहरुलाई एडमिसन अफर लेटर दिएर स्वागत गरे। चालु शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ३७ जना र स्नातक तहमा एक जना विद्यार्थी भर्ना भएको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले जानकारी दिए। भर्ना भएका विद्यार्थीमध्ये ३५ जना चिनियाँ, दुई जना भारतीय र एक जना मलेसियन रहेका छन्। बिश्व बिद्यालयका अनुसार स्नातकोत्तर तह अनुवाद तथा व्याख्या व...
राजावादीको प्रदर्शनबाट नेतालाई सच्चिन पाठ

राजावादीको प्रदर्शनबाट नेतालाई सच्चिन पाठ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ विभिन्न गुटमा विभाजित राजावादी दल, संस्था र व्यक्तिको संयुक्त आयोजनामा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन भएको छ । पोखराबाट समिट एयरको चार्टर्ड विमानबाट काठमाडौं ओर्लेका शाहको स्वागतमा राजावादीले प्रदर्शन गरेका हुन् । विमानस्थलबाट बाहिरिएपछि शाह गाडीबाट समर्थकलाई अभिवादन गर्दै निर्मल निवास पुगेका थिए । पूर्वराजा शाहको गतिविधि र राजावादीको प्रदर्शनप्रति राजनीतिक दलका नेताहरू भने आक्रामक ढंगले प्रस्तुत भएका छन् । आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरू शाहको बढ्दो सक्रियतालाई लिएर एक ठाउँमा आएका मात्रै छैनन्, एउटै स्वरमा चेतावनीसमेत दिइरहेका छन् । आइतबार सुदूरपश्चिमको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ शाहलाई चेतावनी दिए । ‘अराजकताको बाटो हिँडेर कसैले केही हत्या...
प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने– राजनीतिमा आउने भए स्वागत छ

प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने– राजनीतिमा आउने भए स्वागत छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
धनगढी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक व्यवस्था बमोजिम राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर लोकतान्त्रिक व्यवस्थामा अराजनीतिक र समाज भाड्ने गतिविधि उचित नहुने बताए । राजनीतिमा आए स्वागत गर्न भने तयार रहेको उनको भनाइ छ । पूर्वराजाले गरेको भाषण सुनेर आफू छक्क परेको बताएका प्रधानमन्त्रीले ‘आफूूलाई साथ देऊ भनेर के भन्न खोजेको’ भन्दै प्रश्न समेत गरेका छन् । ‘अहिले संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानुन नमान्ने, प्रणाली नमान्ने, अनौठो प्रवृत्ति देखा पर्न थालेको छ । ६ फागुनको साँझ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ ओलीले भने, ‘संविधानको पनि कुरा गर्नु हुन्न, कानुनको कुरा गर्नु हुन्न, लोकतन्त्र, प्रणाल...
पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर

पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरको पोष्टर देखिएको छ । लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन विमानस्थल बाहिर पुगेका उनका सर्मथकले आदित्यनाथको पोष्टर बोकेर पुगेको विषय विवादित बनेको छ । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने उल्लेख छ । आदित्यनाथ र ज्ञानेन्द्रको ठुलो पोष्टर बनाएर राजवादीहरु उपस्थित भएपछि अहिले राजावादीहरुको सक्रियतामा उत्तरप्रदेशका मुख्यमन्त्रीको सहयोग रहेको आशंका हुन थालेको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि पटक पटक आदित्यनाथसँग उत्तर प्रदेश पुगेरै भेट गर्ने गरेका छन् । ...
” बिजनेस टु कस्टमर समिट” प्रविधिमा चासो राख्नेहरूका लागि सुनौलो अवसर: क्यान अध्यक्ष  अधिकारी

” बिजनेस टु कस्टमर समिट” प्रविधिमा चासो राख्नेहरूका लागि सुनौलो अवसर: क्यान अध्यक्ष अधिकारी

Breaking news 2, अन्तर्वार्ता, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, समाज
(अन्तर्वार्ता) कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले आगामी फागुन २६ र २७ गते ‘बिजनेस टु कस्टमर समिट’ बुटवलस्थित सिद्वार्थ कटेजमा आयोजना गर्दैछ। प्रविधि क्षेत्रमा नवीनतम विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यो समिटमा विद्यार्थी, व्यवसायी, नीति निर्माताहरू, र प्रविधि क्षेत्रका विज्ञहरूको व्यापक सहभागिता रहनेछ। समिटको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रमको मुख्य उद्देश्य प्रविधि सम्बन्धी नवीनतम प्रवृत्तिहरूको जानकारी दिनु, व्यवसाय तथा ग्राहकहरूलाई प्रविधिमा जोड्नु, र नीति निर्माताहरूसँग आवश्यक छलफल गर्न सहज वातावरण सिर्जना गर्नु हो। यसै विषयमा क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारी सँग गरिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत छ। समिटको तयारी हाल कुन चरणमा छ ? मुख्य तयारीहरू के-के पूरा भइसकेका छन्? हामी अहिले अन्तिम तयारीको चरणमा छौँ। स्टल...
पूर्वराजाप्रति प्रमुख दल सशंकित : संवैधानिक दायराभित्र रहन शीर्ष नेताहरूको चेतावनी

पूर्वराजाप्रति प्रमुख दल सशंकित : संवैधानिक दायराभित्र रहन शीर्ष नेताहरूको चेतावनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सत्तापक्ष कांग्रेस–एमाले र प्रतिपक्ष माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरे त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरूले पूर्वराजा शाहलाई ‘जबर्जस्ती गर्न खोजे सह्य नहुने’ चेतावनी दिएका हुन् । उनीहरूले पूर्वराजा शाहलाई संविधानभित्र रहन पनि आग्रह गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै राजावादीले अराजकता मच्चाएर राष्ट्रिय एकतामा भाँजो हाल्न खोजेको आरोप लगाए । ‘केही तत्त्वहरू प्रणाली, संविधान होइन, हा हुका भरमा, अराजकता मच्चाएर सत्ताकब्जा गर्न खोज्दै छन् । कुन प्रणाली ल्याउन खोजेको हो, स्पष्ट छैन । यो संविधान फालेर कुन संविधान ल्याउने ? कस्तो संविधान ल्याउने ? राणाशासनतिर फर्कने ? पञ्चायततिर फर्कने ? कता फर्किने ? यो वा त्यो रूपमा जहानियाँ शासनतिर ?’ उनले प्रश्न ...