समाज

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ।मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन्।सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ। प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ। अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन्। ...
बालसुधार गृहबाट भागेका बालबन्दीले कैदी भगाउन खोज्दा ५ जनाको ज्यान गयो

बालसुधार गृहबाट भागेका बालबन्दीले कैदी भगाउन खोज्दा ५ जनाको ज्यान गयो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
दाङ बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले जानकारी दिए।घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ। बालसुधार गृहबाट भागेका बालबन्दीहरुले छेवैमा रहेका कैदिहरुलाई भगाउने क्रममा प्रहरीका हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको हो। प्रहरी श्रोतका अनुसार नौबस्तामा रहेको कारागार र बालसुधारगृहका ६ सय भन्दा बढी कैदी बन्दि र बालबन्दिहरु भागेका छन्। अहिले नौबस्ताको कारागार खाली भएको प्रहरीले जनाएको छ। ...
जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन् ।विज्ञप्ति: हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं। पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हा...
जेनजी समूहको आन्दोलन जारी

जेनजी समूहको आन्दोलन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध सुरु गरेको आन्दोलन मंगलबार पनि निरन्तर रहने जनाएको छ। सोमबार राति जारी विज्ञप्तिमा आन्दोलनकारीहरूले सरकारको दमनबीच पनि आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।आन्दोलनका संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबारको प्रदर्शनमा केही अराजक समूहले घुसपैठ गरेपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन्। तर, ती समूह को थिए भन्ने बारे खुलाइएको छैन। अर्का संयोजक अमित खनालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईं समूहको घुसपैठले हिंसा बढाएको थियो।विज्ञप्तिमा भनिएको छ, “देशभरका युवाहरू भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका छन्। आज मात्रै २० भन्दा बढी युवाले ज्यान गुमाएका छन् र हजारौँ घाइते भएका छन्। यो संयोग होइन, भ्रष्टाचार र दुरव्यवस्थाको प्रतिफल हो।” यादव र गौतमले सरकारको दमनले आन्दोलन कमजोर नहुने चेत...
रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीकाे बुटवलदेखि भैरहवा क्षेत्रभित्र आज अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । बुटवलका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।
आजदेखि पितृपक्ष (सोह्र श्राद्ध) सुरू

आजदेखि पितृपक्ष (सोह्र श्राद्ध) सुरू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । हिन्दु समाजमा पितृ पूजा एउटा गहिरो धार्मिक र सांस्कृतिक परम्परा हो। प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदादेखि आश्विन कृष्ण औँसीसम्म मनाइने श्राद्ध पर्वलाई सोह्र श्राद्ध भनिन्छ। यसलाई पितृ पक्ष समेत भनिन्छ।आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भन्ने गरिन्छ । यस अवधिमा दिवङ्गत पितृहरूप्रति श्रद्धा अर्पण गर्ने परम्परा रहेको छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ । सोह्र श्राद्धको मूल उद्देश्य दिवङ्गत पितृहरूलाई सम्झनु, उनीहरूको आत्माको शान्ति र तृप्तिको कामना गर्नु तथा तिनीहरूको आशीर्वाद प्राप्त गर्नु हो। हिन्दु धर्म शास्त्र अनुसार शरीरको मृत्यु भए पनि आत्मा अमर रहेको हुँदा श्राद्धमार्फत पितृहरूलाई पिण्ड, जल, तर्पण तथा अर्पण गर्दा उनीहरू ...
बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध आज काठमाडाैं सहित देशैभर जेनजी पुस्ताको प्रदर्शन

बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध आज काठमाडाैं सहित देशैभर जेनजी पुस्ताको प्रदर्शन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ आज जेनजी पुस्ताको प्रदर्शन हुँदैछ । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले आज बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ 'भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध' राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बाहिरको क्षेत्रमा प्रदर्शनको अनुमति दिएको जानकारी आयोजकले दिएका छन् । यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ । अभियानले यो भ्रष्टाचारविरुद्धको सङ्घर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ । एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक...
निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- शुशासन र दुर्त सेवा प्रवाहमा  ध्यान दिन आवस्यक

निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- शुशासन र दुर्त सेवा प्रवाहमा ध्यान दिन आवस्यक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताए।प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो। सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ। बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ। शुभकामना सन्देशमा थप लेखिएको छ, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर...
भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ ।सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तयारी गरिरहेका बेला ब्युरोले गत बुधबार एक सूचना जारी गर्दै भीपीएन प्रयोगबाट हुने सम्भावित जोखिमबारे सचेत गराएको हो । ब्युरोका अनुसार भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको व्यक्तिगत विवरण चुहावट हुने, बैंकिङ एप ह्याक हुने, आर्थिक क्षति पुग्ने, कम्प्युटर वा मोबाइलमा भाइरस लाग्ने तथा अन्य साइबर सुरक्षासम्बन्धी समस्या देखिन सक्ने खतरा रहन्छ ।सरकारले फेसबुक लगायतका केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि प्रयोगकर्ताहरू नेपालबाहिरको सर्भर प्रयोग गरेर भीपीएनमार्फत ती प्लेटफर्महरू प्रयोग गरिरहेका छन् । यसै सन्दर्भमा ब्युरोले सुरक्षा जोखिमका कारण यस्तो प्रवृत्ति रोक्न सुझाव दिएको हो । साइबर ब्युरोले सेवा प्रयोग गर्...
आज इन्द्रजात्रा मनाइँदै

आज इन्द्रजात्रा मनाइँदै

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौंवर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएक...