जेनजी समूहको आन्दोलन जारी


काठमाडौं
जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध सुरु गरेको आन्दोलन मंगलबार पनि निरन्तर रहने जनाएको छ। सोमबार राति जारी विज्ञप्तिमा आन्दोलनकारीहरूले सरकारको दमनबीच पनि आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
आन्दोलनका संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबारको प्रदर्शनमा केही अराजक समूहले घुसपैठ गरेपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन्। तर, ती समूह को थिए भन्ने बारे खुलाइएको छैन। अर्का संयोजक अमित खनालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईं समूहको घुसपैठले हिंसा बढाएको थियो।
विज्ञप्तिमा भनिएको छ, “देशभरका युवाहरू भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका छन्। आज मात्रै २० भन्दा बढी युवाले ज्यान गुमाएका छन् र हजारौँ घाइते भएका छन्। यो संयोग होइन, भ्रष्टाचार र दुरव्यवस्थाको प्रतिफल हो।”

यादव र गौतमले सरकारको दमनले आन्दोलन कमजोर नहुने चेतावनी दिँदै भने, “दमनले युवामात्र होइन, सम्पूर्ण नेपालीको सम्मानमा आघात पुर्‍याएको छ।”

आन्दोलनकारीहरूले भदौ २४ गते देशभर शहीद भएका युवाहरूको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्न सबैलाई आह्वान गरेका छन्। राष्ट्रिय आन्दोलनले सरकारलाई जनताको बलिदान र आक्रोशको कदर गर्न आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...