जेनजी समूहको आन्दोलन जारी


काठमाडौं
जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध सुरु गरेको आन्दोलन मंगलबार पनि निरन्तर रहने जनाएको छ। सोमबार राति जारी विज्ञप्तिमा आन्दोलनकारीहरूले सरकारको दमनबीच पनि आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
आन्दोलनका संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबारको प्रदर्शनमा केही अराजक समूहले घुसपैठ गरेपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन्। तर, ती समूह को थिए भन्ने बारे खुलाइएको छैन। अर्का संयोजक अमित खनालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईं समूहको घुसपैठले हिंसा बढाएको थियो।
विज्ञप्तिमा भनिएको छ, “देशभरका युवाहरू भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका छन्। आज मात्रै २० भन्दा बढी युवाले ज्यान गुमाएका छन् र हजारौँ घाइते भएका छन्। यो संयोग होइन, भ्रष्टाचार र दुरव्यवस्थाको प्रतिफल हो।”

यादव र गौतमले सरकारको दमनले आन्दोलन कमजोर नहुने चेतावनी दिँदै भने, “दमनले युवामात्र होइन, सम्पूर्ण नेपालीको सम्मानमा आघात पुर्‍याएको छ।”

आन्दोलनकारीहरूले भदौ २४ गते देशभर शहीद भएका युवाहरूको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्न सबैलाई आह्वान गरेका छन्। राष्ट्रिय आन्दोलनले सरकारलाई जनताको बलिदान र आक्रोशको कदर गर्न आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...