बालसुधार गृहबाट भागेका बालबन्दीले कैदी भगाउन खोज्दा ५ जनाको ज्यान गयो


दाङ

बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले जानकारी दिए।
घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ। बालसुधार गृहबाट भागेका बालबन्दीहरुले छेवैमा रहेका कैदिहरुलाई भगाउने क्रममा प्रहरीका हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको हो।

प्रहरी श्रोतका अनुसार नौबस्तामा रहेको कारागार र बालसुधारगृहका ६ सय भन्दा बढी कैदी बन्दि र बालबन्दिहरु भागेका छन्। अहिले नौबस्ताको कारागार खाली भएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...