समाज

दाउन्ने सडकमा दशैंभर ठूला भारबाहनका सवारी साधन बन्द गरिने

दाउन्ने सडकमा दशैंभर ठूला भारबाहनका सवारी साधन बन्द गरिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् ।मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेका हुन् । मन्त्री घिसिङले २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनर्स्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिए ।बैठकले नागढुंगा-सिस्नेरी- सुरुङ्गमार्गबाट उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरु ...
जेनजी आन्दोलनबाट हालसम्म २० अर्ब ७० करोड बराबरको बिमा दावी

जेनजी आन्दोलनबाट हालसम्म २० अर्ब ७० करोड बराबरको बिमा दावी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंगत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म करिब २० अर्ब ७० करोड रुपैयाँ बराबरको बिमा दावी भएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार देशभरका १८ निर्जीवन बिमा कम्पनीमा एक हजार ९८४ वटा दावी दर्ता भएका छन्।सबैभन्दा बढी दावी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा ४० वटा दावी दर्ता भई रु ५ अर्ब १४ करोड ७९ लाख बराबरको दाबी गरिएको छ। त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ दावी दर्ता भई रु ४ अर्ब ९३ करोड बराबरको दावी भएको छ।शिखर इन्स्योरेन्समा ३६६ दावी दर्ता भई रु २ अर्ब ३९ करोड बराबर, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ दावी भई रु १ अर्ब ५९ करोड बराबर, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ दावी भई रु १ अर्ब ४७ करोड बराबर र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ दावी भई रु १ अर्ब १५ करोड बराबरको दावी भएको प्राधिकरणले जनाएको छ...
दोब्बर बढ्यो हवाई भाडादर

दोब्बर बढ्यो हवाई भाडादर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही दशैंको मौंका छोपेर मुलुकमा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीले भाडा बृद्धि गरेपछि सर्वसाधरण मर्कामा परेका छन् । दशैं अगाडि मुलुकभर भारी वर्षा भइरहेको छ । जसले गर्दा राजमार्गमा यात्रा गर्न सहज छैन । बुटवल–नारायणगढ लगायत मुलुकमा प्रमुख राजमार्ग स्तरोन्नतीमा भएको ढिलाईले गाडीबाट यात्रा सहज छैन । यस्तो बेला विकल्पका रुपमा रहेको हवाई यातायात पनि महंगो भएपछि नागरिक मारमा परेका छन् । दशैंको मौंका छोपेर हवाई कम्पनीले भाडा दोब्बर बनाएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिन अघि भैरहवा–काठमाडौं उडान भर्ने वायु सेवा कम्पनीका स्टेशन म्यानेजर र गौतम बुद्ध विमानस्थलका प्रतिनिधि बोलाएर भाडाका विषयमा छलफल गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए । ‘मुलुकभित्रै यात्रा सहज नभएका बेला वायु सेवा कम्पनीले अचाक्ली भाडा बढाएका छन्,’ उनले भने, ‘भाडाका विषयका नागरि...
जेनजीलाई सम्झिँदै राष्ट्रपति पौडेल : म पनि १७ वर्षमै राजनीतिमा होमिएको थिएँ

जेनजीलाई सम्झिँदै राष्ट्रपति पौडेल : म पनि १७ वर्षमै राजनीतिमा होमिएको थिएँ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीलाई सम्झँदै आफू पनि १७ वर्षमै राजनीतिमा होमिएको स्मरण गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, “हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो बन्छ भन्ने दृढ विश्वास छ । म पनि २०१७ सालमा १७ वर्षको उमेरमै प्रजातन्त्रका लागि राजनीतिमा लागेको थिएँ ।” राष्ट्रपति पौडेलले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गर्दै हालको अप्ठ्यारो परिस्थितिबाट बाहिरिन सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, “भदौ २४ पछि उत्पन्न राजनीतिक रिक्तता र अप्ठ्यारो परिस्थितिलाई सम्हाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ । तर, सबैको सुझबुझ र सहयोगका कारण हामीले यो असहज अवस्थालाई सम्हाल्न सफल भएका छौँ ।” उनले लोकतन्त्र र संविधानको भावना अनुरूप काम गर्न सबै राजनीतिक पक्षलाई ...
भाटभटेनीका १० हजार कर्मचारी, सवैको जागिर शुनिश्चित

भाटभटेनीका १० हजार कर्मचारी, सवैको जागिर शुनिश्चित

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलजेनजी प्रदर्शनका क्रममा भएको नोक्सानीका कारण भाटभटेनीका be १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ। भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो। भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो। नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन। यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन्।भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएक...
जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो : पूर्व प्रधानमन्त्री ओली

जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो : पूर्व प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका छन्।जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सैनिक ब्यारेकमा पुगेका ओली नौ दिनपछि हिजो बिहीबार मात्रै डेरामा फर्केका थिए। उनी अहिले भक्तपुरको गुण्डुस्थित डेराको घरमा बसेका छन्। ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,’ ओलीको सन्देशमा भनिएको छ, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन...
आज संविधान दिवस

आज संविधान दिवस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी गर्दै तत्कालीन राष्ट्रपति डा.रामवरण यादव,साथमा तल्तकलिन समामुख सुवसचन्द्र नेमवाङनेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।विसं २०७२ असोज ३ गते...
चुच्चे नक्सा हटाइएको भनाइको तथ्य के हो ? प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

चुच्चे नक्सा हटाइएको भनाइको तथ्य के हो ? प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको अद्यावधिक (चुच्चे) नक्सा हटाइएको भन्दै सामाजिक सञ्जालमा अहिले विभिन्न पोस्टहरू भाइरल भइरहेका छन् । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षबाट नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न उठाएकी छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेकी छन्, “यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा च्यापेर, पानी पनि नखाई लडेर बचाएका हुन् । त्यो माटो आज हाम्रो पहिचान बनेको छ । तर प्रधानमन्त्रीज्य अचम्म लाग्यो तपाईंको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे ।”अर्यालले संसदबाट राष्ट्रिय सहमतिमा पारित उक्त नक्सा नेपालको संविधानको अनुसूचीमा अङ्कित, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकताको दस्तावेज भएको दाबी गरेकी छन् । ...
जेनजी प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

जेनजी प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ१६ वर्षीया एक किशोरी रातभर निदाउन सकिनन्। बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झलझली आँखामा आउन थालेपछि छटपटी भइरह्यो। पढाइमा पटक्कै मन गएन। समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्‍यायो। चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन्।अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिएका थिए। गोली चल्न थालेपछि उनी घर फर्किए, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उनमा तनावको मात्रा बढ्यो। सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उनी पनि चिकित्सकको सम्पर्कमा पुगे।त्यसैगरी एक किशोर आफ्नै सहपाठीको मृत्युले विक्षिप्त छन्। साथीको अन्तिम क्षण सम्झिँदा उनमा डर र चिन्ता बढ्छ। उनी हिजोआज निद्रामा पनि आत्तिन थालेका छन्। चिकित्सकका सम्पर्कमा आइपुगेका केही युवाहरूमा देखिएक...
यूएईले रोक्यो भिजिट संगै वर्किङ भिसा

यूएईले रोक्यो भिजिट संगै वर्किङ भिसा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर/वर्किङ दुवै भिसा बन्द गरेको छ ।उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी नभएको बताए । हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आकलन गरिएको छ । भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएको समेत थियो । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको तथा पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले रातोपाटीसँगको कुराकानीमा बताएका छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल ८ लाख नेपाली कार्यरत रह...