समाज

राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबार लगायत क्षेत्रमा दुई महिनासम्म धर्ना–जुलुस निषेध

राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबार लगायत क्षेत्रमा दुई महिनासम्म धर्ना–जुलुस निषेध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबार लगायतका क्षेत्रमा दुई महिनासम्म जुलुस, धर्ना, प्रदर्शन गर्न रोक लगाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गरी आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ। विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्...
राजनितिमा बितृष्ण युवा र अबको बाटो

राजनितिमा बितृष्ण युवा र अबको बाटो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
सुजन ज्ञवाली नेपालको राजनीतिक परिदृश्यमा आज एक विचित्र विरोधाभास देखिन्छ: देशको सबैभन्दा ठूलो जनसङ्ख्या युवाको हो, तर राजनीतिक निर्णयप्रक्रियामा तिनको उपस्थिति नगण्य छ। युवाहरू राजनीतिप्रति गहिरो बितृष्णा र निराशाको भावना बोकेका छन्। यो बितृष्णा र युवाको आवश्यकतालाई बुझ्नु आजको राजनीतिको सर्वाधिक जरुरी आवश्यकता हो।तर यहि युवाहरुको मुद्दालाइ पुराना राजनितिक दलका नेतृत्वले उठाएको भए यो अबस्था आउने पनि थिएन।अझै पनि यस्ता मुद्दालाइ पाका नेतृत्वले उठाए पनि कुनै फरक पर्दैन तर त्यो अबस्था अहिलेको परिदृष्यमा देखिएको छैन।आज राजनितिक दल प्रतिको बितृष्णा किन यति सम्म पुग्यो भन्ने दलका नेतृत्व ले बुझ्न चाहेको देखिदैन।तल्लो तह सम्म पुग्ने हो भने मात्र यो भयावह स्थिती देखिन्छ तर बिडम्बना निर्णायक तहमा बसेका र सार्बजनिक पद धारण गरेका यो तह सम्म पुग्न नै चाहेनन तर जो ग्रासरुट लेभल सम्म पुगेको छ उ...
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले दिएको समय आइतबार सकिँदै

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : प्राधिकरणले दिएको समय आइतबार सकिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँडेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम बुझाउन नेपाल विद्युत् प्राधिकरणले दिएको पछिल्लो समय आइतबार सकिँदै छ । उक्त अवधिमा प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा लिई पहिलो किस्तासम्म नतिरे उद्योगहरूको बिजुली फेरि काट्ने तयारी प्राधिकरणको छ । यसैबीच शुक्रबार उद्योगीहरूले आफूहरूले तिर्न बाँकी कुनै बक्यौता नरहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा पत्र बुझाइएको बताएका छन् ।प्राधिकरणले १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै १७ कात्तिकभित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइने उक्त सूचनामा उल्लेख छ । १३ असोजमा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको हो । उक्त अवधि आगामी आइतबार सकिँदै छ । प्राधिकरणले दिएको अवधि ...
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ । ...
आजबाट तिहार पर्व सुरु, तिहारकाे पहिलाे दिन आज धनतेरस

आजबाट तिहार पर्व सुरु, तिहारकाे पहिलाे दिन आज धनतेरस

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँआज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरिको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रूपमा पनि मानिन्छ ।धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान् धातुका साथमा नयाँ भाँडा कुँडा र गरगहना किन्ने गर्छन् । त्यही भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरि हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।भगवान् धन्वन्तरिलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरि भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । धनतेरसको दिनला...
नेपाल विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो

नेपाल विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको सामाओले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २११ रन बनाएको थियो । नेपालका लागि आसिफ सेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । आसिफले ६९ रन बनाएका थिए भने ऐरीले ५३ रन बनाएका थिए । त्यस्तै लोकेस बमले आक्रामक १२ बलमा अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाएका थिए । त्यसैगरी कुशल मल्लले १७ रन बनाएका थिए । नेपालले यस प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको छ । यस प्रतियोगिताबाट नेपालसहित ओमान र युएई अर्को बर्ष भारतमा ह...
सीआईबीका डीएसपी भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित

सीआईबीका डीएसपी भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता भण्डारी घोषित भएका हुन् ।प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको एक कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको अवार्ड प्रदान गरेका थिए ।भण्डारी कोभर्ट अपरेशन तथा अनुसन्धानमा अब्बल मानिन्छन् । ...
नयाँ राजनीतिक दल घोषणा गर्दै मिराज ढुंगाना

नयाँ राजनीतिक दल घोषणा गर्दै मिराज ढुंगाना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन् । उनले यही शनिबार काठमाडौँको होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टीको औपचारिक घोषणा गर्ने बताएका छन् । एक टिकटक भिडियो सार्वजनिक गर्दै ढुंगानाले पार्टी खोल्नैपर्ने अवस्था आएको बताएका छन् । उनका अनुसार यसका लागि वार्ता समिति गठन भइसकेको छ र काम भइरहेको छ । “राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी देशको अहिलेको अवस्थामै निर्वाचनमा जान्छौँ,” उनले भनेका छन्, “जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने व्यवस्था, र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय गठन पूरा हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ ।”उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ लाई परिवर्तनको सुरुआतको रूपमा व्याख...
कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, सम्पन्न गर्न १० अर्ब लाग्ने

कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, सम्पन्न गर्न १० अर्ब लाग्ने

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए । रङ्गशालाको विकास र आधुनीकरण नेपालका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खे...
काम नगर्ने ठेकेदारमाथि कारबाही, २५८ ठेक्का रुग्ण सूचीमा

काम नगर्ने ठेकेदारमाथि कारबाही, २५८ ठेक्का रुग्ण सूचीमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंवर्षौँदेखि अलपत्र पारिएका सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएलगत्तै यस्ता रुग्ण आयोजनाको ठेक्का तोड्न सुरु गरिएको हो ।मन्त्री घिसिङले रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएलगत्तै सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका ठेक्का तोड्न सम्बन्धित निकायले प्रक्रिया सुरु गरेका छन् ।सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय वि...